२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

नेपालले एसीसी यू–१६ इस्ट जोन कपमा दोस्रो जित दर्ता, सेमिफाइनलको ढोका उघार्दै



काठमाडौं । नेपालले एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा आफ्नो विजयी यात्रा कायम राख्दै मंगलबार लगातार दोस्रो जित हात पारेको छ।

समूह ‘ए’ अन्तर्गत जापानविरुद्धको खेलमा नेपालले ९ विकेटको सानदार जित दर्ता गरेको हो। नेपालको जितमा बलर शुभम खनाल नायक बने। उनले १० ओभरमा मात्र १५ रन खर्चेर ५ विकेट लिएका थिए। जापानले टस जितेर पहिले ब्याटिङ रोज्दा नेपाली बलिङ अक्रामक बन्यो र विपक्षी टोली ३४.४ ओभरमा ८० रनमै समेटियो।

जापानका लागि कप्तान चार्ली हारहिन्जले मात्र केही लय समाते– उनले ४८ बलमा ३६ रन बनाए। क्याबी हारहिन्जले १३ रन बनाएर साथ दिएका थिए। शुभमसँगै अभय यादवले २ विकेट हात पारे भने सुशील रावल र विपिन शर्माले समान १–१ विकेट लिएका थिए। पहिलो ४२ रनमै ५ विकेट गुमाएको जापानले त्यसपछि पनि लय समात्न सकेन र अन्ततः ८० रनमै समेटियो।

नेपालले जितका लागि पाएको ८१ रनको लक्ष्य १४.२ ओभरमा मात्र एक विकेटको क्षतिमा पुरा गर्‍यो। प्रसिद्ध जैसीले ३७ बलमा ३३ रन बनाए जसमा ३ चौका थिए। उनीसँगै शिवान्स बजगाईंले ४२ बलमा ७ चौकाको सहयोगमा ३८ रन बनाए। उनीहरूले दोस्रो विकेटका लागि अविजित ७६ रनको साझेदारी गरे।

नेपालको एकमात्र विकेट जोय थापा थिए, जो काइसेई कोबायसीको बलमा ७ बलमा १ रन बनाएर आउट भए। यस जितसँगै नेपाल समूह ‘ए’ मा शीर्ष स्थानमा छ। नेपालले पहिलो खेलमा सिंगापुरलाई हराएको थियो र अब २ खेलबाट ४ अंक बनाएको छ। जापान २ अंकमै सीमित रह्यो। अब नेपालले आइतबार तेस्रो खेलमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ। समूह चरणको अन्तिम खेल भने भुटानविरुद्ध हुनेछ।

नेपालले हालसम्म देखाएको लय र खेल स्तरले सेमिफाइनलमा स्थान पक्का गर्ने सम्भावना प्रबल बनाएको छ। शुभम खनालको बलिङ, शिवान्स र प्रसिद्धको सुदृढ ब्याटिङले टिमको मनोबल उच्च बनाएको छ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ७ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको