२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

डकेटको धुवाँधार ब्याटिङमा इंग्ल्याण्डको रोमाञ्चक जित, भारतलाई पहिलो टेस्टमा धक्का


११ असार २०८२, बुधबार  

267
Shares

काठमाडौं । ओपनर बेन डकेटको चम्किलो शतकको मद्दतमा इंग्ल्याण्डले भारतविरुद्धको पहिलो टेस्ट खेलमा उत्कृष्ट जित दर्ता गरेको छ।

पाँचौं दिनको अन्तिम सेसनमा ३७१ रनको विशाल लक्ष्य ५ विकेट गुमाउँदै पूरा गर्दै इंग्ल्याण्डले श्रृंखलामा १–० को अग्रता लिएको हो। खेलको अन्तिम दिन २१–० को स्कोरबाट अगाडि बढेको इंग्ल्याण्डका लागि बेन डकेटले १४९ रनको विस्फोटक इनिङ्स खेले। उनले जोडीदार जाक क्रलीसँग पहिलो विकेटका लागि १८८ रनको साझेदारी गर्दै सुरुआती दवाबलाई उत्कृष्ट तरिकाले व्यवस्थापन गरे।

क्रली ६५ रनमा आउट भएलगत्तै ओली पोप पनि थोरै समयमै (८ रनमा) पवेलियन फर्किए। त्यसपछि डकेटलाई शार्दुल ठाकुरले आउट गरेपछि भारत केही समयका लागि खेलमा फर्किएको देखिएको थियो। उक्त क्षणमा ह्यारी ब्रुक पनि पहिलो बलमै शून्यमा आउट हुँदा भारतको सम्भावनामा आशा पलाएको थियो।

तर, त्यसपछि अनुभविलो जो रुट (नटआउट ५३) र कप्तान बेन स्टोक्सले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै पारीलाई सम्हाले। अन्त्यतिर जेमी स्मिथले पनि ४४ रनको उपयोगी योगदान दिएर इंग्ल्याण्डलाई जित नजिक पुर्‍याए। यसअघि भारतले पहिलो इनिङमा यशस्वी जयस्वाल, शुभमन गिल र ऋषभ पन्तका उत्कृष्ट शतकको सहयोगमा ४७१ रन बनाएको थियो।

जवाफमा इंग्ल्याण्डले ओली पोपको १०६ र ह्यारी ब्रुकको ९९ रनको मद्दतमा ४६५ रन बनाउँदै करिब बराबरीको स्थितिमा ल्याएको थियो। छोटो अग्रता (६ रन) लिएको भारतले दोस्रो इनिङमा पन्त र केएल राहुलको शतकको भरमा ३६४ रन बनायो र इंग्ल्याण्डलाई ३७१ रनको चुनौती प्रस्तुत गर्‍यो। यद्यपि बलिङमा भारतीय टोली अपेक्षित प्रदर्शन गर्न नसक्दा इंग्ल्याण्डले लक्ष्य भेट्टायो।

यो जितसँगै इंग्ल्याण्डले पाँच टेस्टको शृंखलामा १–० को अग्रता बनाएको छ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ६ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ