१ कार्तिक २०८३, आइतबार । October 19, 2026

फिफा क्लब विश्वकप: १० खेलाडीमा सीमित रियल मड्रिडको शानदार जित


९ असार २०८२, सोमबार  

141
Shares

काठमाडौं । फिफा क्लब विश्वकप फुटबल अन्तर्गत समूह ‘एच’को रोमाञ्चक खेलमा १० खेलाडीमा सीमित रियल मड्रिडले मेक्सिकन क्लब पाचुकामाथि ३–१ को सानदार जित निकालेको छ।

खेलको सुरुवातमै दबाबमा परेको रियल मड्रिडका राउल एसेन्सियोले सातौं मिनेटमा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा झरेको थियो। यद्यपि, संख्यात्मक घाटीको बाबजुद रियलले उत्कृष्ट लय समाउँदै खेलमा नियन्त्रण कायम राख्यो। ३५औं मिनेटमा इंग्लिस युवा स्टार जुड बेलिङघमले पहिलो गोल गर्दै रियललाई अग्रता दिलाए। त्यसपछि ४३औं मिनेटमा आर्डा गुलरले अर्को गोल थप्दै पहिलो हाफमै रियललाई २–० को स्पष्ट अग्रता दिए।

दोस्रो हाफमा पनि रियलको दबाब कायमै रह्यो। ७०औं मिनेटमा फेडेरिको भाल्भेर्डेले तेस्रो गोल गर्दै जित सुनिश्चित गरे। पाचुकाका लागि एलियास मोंटियालले ८०औं मिनेटमा एक मात्र सान्त्वना गोल गरे। त्यसै समूहको अर्को खेलमा साउदी क्लब अल हिलाल र अष्ट्रियन क्लब साल्जबर्गबीच प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा सकियो।

यो नतिजासँगै समूह ‘एच’ थप रोमाञ्चक बनेको छ। दुई खेलपछि रियल मड्रिड र साल्जबर्ग दुवैको समान ४ अंक रहेको छ भने अल हिलाल २ अंकसहित तेस्रो स्थानमा छ। पाचुका भने लगातार हारपछि अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ। अब समूह चरणको अन्तिम खेलमा रियल मड्रिड र साल्जबर्गबीचको भिडन्त समूह विजेता तय गर्ने निर्णायक हुने छ।

अल हिलालले भने पाचुकाविरुद्ध जित निकाल्दै अघिल्लो चरणमा स्थान बनाउनुपर्ने चुनौती सामना गर्दैछ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ९ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि