३० चैत्र २०८२, सोमबार । April 13, 2026

फिफा क्लब विश्वकप: १० खेलाडीमा सीमित रियल मड्रिडको शानदार जित


९ असार २०८२, सोमबार  

141
Shares

काठमाडौं । फिफा क्लब विश्वकप फुटबल अन्तर्गत समूह ‘एच’को रोमाञ्चक खेलमा १० खेलाडीमा सीमित रियल मड्रिडले मेक्सिकन क्लब पाचुकामाथि ३–१ को सानदार जित निकालेको छ।

खेलको सुरुवातमै दबाबमा परेको रियल मड्रिडका राउल एसेन्सियोले सातौं मिनेटमा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा झरेको थियो। यद्यपि, संख्यात्मक घाटीको बाबजुद रियलले उत्कृष्ट लय समाउँदै खेलमा नियन्त्रण कायम राख्यो। ३५औं मिनेटमा इंग्लिस युवा स्टार जुड बेलिङघमले पहिलो गोल गर्दै रियललाई अग्रता दिलाए। त्यसपछि ४३औं मिनेटमा आर्डा गुलरले अर्को गोल थप्दै पहिलो हाफमै रियललाई २–० को स्पष्ट अग्रता दिए।

दोस्रो हाफमा पनि रियलको दबाब कायमै रह्यो। ७०औं मिनेटमा फेडेरिको भाल्भेर्डेले तेस्रो गोल गर्दै जित सुनिश्चित गरे। पाचुकाका लागि एलियास मोंटियालले ८०औं मिनेटमा एक मात्र सान्त्वना गोल गरे। त्यसै समूहको अर्को खेलमा साउदी क्लब अल हिलाल र अष्ट्रियन क्लब साल्जबर्गबीच प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा सकियो।

यो नतिजासँगै समूह ‘एच’ थप रोमाञ्चक बनेको छ। दुई खेलपछि रियल मड्रिड र साल्जबर्ग दुवैको समान ४ अंक रहेको छ भने अल हिलाल २ अंकसहित तेस्रो स्थानमा छ। पाचुका भने लगातार हारपछि अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ। अब समूह चरणको अन्तिम खेलमा रियल मड्रिड र साल्जबर्गबीचको भिडन्त समूह विजेता तय गर्ने निर्णायक हुने छ।

अल हिलालले भने पाचुकाविरुद्ध जित निकाल्दै अघिल्लो चरणमा स्थान बनाउनुपर्ने चुनौती सामना गर्दैछ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ९ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व