२९ पुस २०८२, मंगलबार । January 13, 2026

लगातार चौथो दिन घट्यो नेप्से, आइतबार ९ अर्ब नाघ्यो कारोबार



काठमाडौं । नेपालको सेयर बजारमा गिरावटको क्रम निरन्तर देखिँदै आएको छ।

साताको पहिलो दिन आइतबार, नेप्से परिसूचक ३२.९३ अंकले ओरालो लागेर लगातार चौथो दिनको गिरावट दर्ता गराएको हो। पछिल्ला चार कारोबार दिनदेखि नेप्से निरन्तर घट्दो क्रममा रहेको छ। आइतबारको दिन कुल ८७ हजार ३०२ पटक सेयर कारोबार भएको थियो। सो अवधिमा कुल ९ अर्ब १४ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

कुल २३ कम्पनीका सेयर मूल्यमा वृद्धि भए पनि २२५ कम्पनीको मूल्य घटेको तथ्यांक देखिएको छ। सेयर बजारका सबै उपसमूहहरू—होटल तथा पर्यटन, जलविद्युत्, जीवन बीमा लगायत—आजको दिनमा ऋणात्मक देखिए। केही कम्पनीहरू भने सकारात्मक सूचीमा अटाए। जसमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भयो।

त्यसैगरी, सप्तकोशी विकास बैंकको ५.६०, एनआईसी एशिया डेबेञ्चर (२०८५/८६) को ५.४५, गुँरास लघुवित्तको ३.४० र सिभिल बैंक डेबेञ्चर (२०८८) को २.९३ प्रतिशतले वृद्धि भयो। दोस्रोतर्फ, पियोर इनर्जीको मूल्य १० प्रतिशतले घट्दै सर्किट ब्रेकरको सीमामा पुगेको छ। यस्तै युनियन हाइड्रोपावरको ६.२४, रसुवागढी हाइड्रोपावरको ५.४८, हिमालय ऊर्जा विकास कम्पनीको ५.३३, र मध्य भोटेकोशी जलविद्युत् कम्पनीको ५.२० प्रतिशतको दरले मूल्य घटेको हो।

कारोबार रकमका आधारमा सबैभन्दा अगाडि दोर्दी खोला जलविद्युत् कम्पनी रह्यो, जसको ७५ करोड ७३ लाख ९७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भयो। त्यसपछि बुटवल पावर कम्पनी, राधी विद्युत् कम्पनी, सानिमा माई हाइड्रोपावर, र ङादी ग्रुप पावर क्रमशः शीर्ष कारोबारमा परेका छन्।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ३ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले