४ असार २०८३, बिहिबार । June 18, 2026

देश लिजमा दिन सांसद अमरेशको प्रस्ताव ! संसद्मा हंगामा


८ असार २०८२, आइतबार  

15
Shares

काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा स्वतन्त्र सांसद अमेरश कुमार सिंहको अभिव्यक्तिले संसदमा तीव्र विवाद र तनाव निम्त्याएको छ।

विनियोजन विधेयकमाथिको छलफलका क्रममा सिंहले बजेट नपरेका जिल्लाहरूलाई “लिजमा दिँदा हुन्छ” भन्ने अभिव्यक्ति दिएका थिए, जसपछि नेकपा एमालेका सांसदहरू आक्रोशित बने। एमाले सचेतक महेश बर्तौलाले सिंहको भनाइलाई “राष्ट्रघाती र आपत्तिजनक” भन्दै संसदमा कडा आपत्ति जनाए। उनले त्यस्ता अभिव्यक्तिप्रति कारबाही गर्न माग गर्दै भने, “देशलाई अर्को देशमा गाभ्नुपर्ने कुरा संसदको रोष्ट्रमबाट आउनु अति आपत्तिजनक हो। यस्ता राष्ट्रघाती अभिव्यक्तिलाई चुपचाप सुनिरहन सकिन्न, कारबाही होस्, अभिव्यक्ति रेकर्डबाट हटाइयोस्।”

सांसद सिंहको भनाइप्रति एमालेसहितका सांसदहरूले आक्रोश पोखेपछि सभामुख देवराज घिमिरेले उक्त अभिव्यक्तिलाई असंसदीय भन्दै संसदको रेकर्डबाट हटाउने निर्देशन दिए। सभामुखले राष्ट्रमाथि प्रश्न उठाउने अभिव्यक्ति स्वीकार्य नहुने स्पष्ट पारे।

तर, सभामुखको निर्देशनप्रति असन्तुष्टि जनाउँदै सांसद सिंहले स्वयं सभामुखको भूमिकामाथि प्रश्न उठाए। उनले “सभामुख दलगत हिसाबले निर्देशन दिन्छन्, म त्यस्तो निर्देशन मान्दिनँ,” भन्दै आक्रोश व्यक्त गरे। साथै, “बजेट पनि नपर्ने, बोल्न पनि नपाउने अवस्था भयो,” भन्दै रोष्ट्रममै असन्तोष प्रकट गरे।

विवाद लम्बिँदै गएपछि सभामुख घिमिरेले “यदि बजेटमाथि बोल्नुपर्ने छैन भने रोष्ट्रम छोड्नुस्” भनेर निर्देशन दिए। तर सिंहले निरन्तर आपत्ति जनाइरहे। अन्ततः माइक काटिएपछि उनी रोष्ट्रमबाट फर्किए।

यो घटनाले संसदमा असहमति व्यवस्थापनको चुनौती र सांसदहरूबीच बढ्दो राजनीतिक ध्रुवीकरणलाई पुनः उजागर गरेको छ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  २ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा