२९ पुस २०८२, मंगलबार । January 13, 2026

देश लिजमा दिन सांसद अमरेशको प्रस्ताव ! संसद्मा हंगामा



काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा स्वतन्त्र सांसद अमेरश कुमार सिंहको अभिव्यक्तिले संसदमा तीव्र विवाद र तनाव निम्त्याएको छ।

विनियोजन विधेयकमाथिको छलफलका क्रममा सिंहले बजेट नपरेका जिल्लाहरूलाई “लिजमा दिँदा हुन्छ” भन्ने अभिव्यक्ति दिएका थिए, जसपछि नेकपा एमालेका सांसदहरू आक्रोशित बने। एमाले सचेतक महेश बर्तौलाले सिंहको भनाइलाई “राष्ट्रघाती र आपत्तिजनक” भन्दै संसदमा कडा आपत्ति जनाए। उनले त्यस्ता अभिव्यक्तिप्रति कारबाही गर्न माग गर्दै भने, “देशलाई अर्को देशमा गाभ्नुपर्ने कुरा संसदको रोष्ट्रमबाट आउनु अति आपत्तिजनक हो। यस्ता राष्ट्रघाती अभिव्यक्तिलाई चुपचाप सुनिरहन सकिन्न, कारबाही होस्, अभिव्यक्ति रेकर्डबाट हटाइयोस्।”

सांसद सिंहको भनाइप्रति एमालेसहितका सांसदहरूले आक्रोश पोखेपछि सभामुख देवराज घिमिरेले उक्त अभिव्यक्तिलाई असंसदीय भन्दै संसदको रेकर्डबाट हटाउने निर्देशन दिए। सभामुखले राष्ट्रमाथि प्रश्न उठाउने अभिव्यक्ति स्वीकार्य नहुने स्पष्ट पारे।

तर, सभामुखको निर्देशनप्रति असन्तुष्टि जनाउँदै सांसद सिंहले स्वयं सभामुखको भूमिकामाथि प्रश्न उठाए। उनले “सभामुख दलगत हिसाबले निर्देशन दिन्छन्, म त्यस्तो निर्देशन मान्दिनँ,” भन्दै आक्रोश व्यक्त गरे। साथै, “बजेट पनि नपर्ने, बोल्न पनि नपाउने अवस्था भयो,” भन्दै रोष्ट्रममै असन्तोष प्रकट गरे।

विवाद लम्बिँदै गएपछि सभामुख घिमिरेले “यदि बजेटमाथि बोल्नुपर्ने छैन भने रोष्ट्रम छोड्नुस्” भनेर निर्देशन दिए। तर सिंहले निरन्तर आपत्ति जनाइरहे। अन्ततः माइक काटिएपछि उनी रोष्ट्रमबाट फर्किए।

यो घटनाले संसदमा असहमति व्यवस्थापनको चुनौती र सांसदहरूबीच बढ्दो राजनीतिक ध्रुवीकरणलाई पुनः उजागर गरेको छ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  २ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले