२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

एसीसी यू–१६ इस्ट जोन कप: नेपालद्वारा सिंगापुरमाथि सानदार जित



काठमाडौं । सिंगापुरमा जारी एसीसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले सानदार प्रदर्शन गर्दै घरेलु टोली सिंगापुरलाई ६ विकेटले पराजित गरेको छ।

१३९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १६.३ ओभरमै लक्ष्य पूरा गर्दै सहज जित हासिल गर्‍यो। ओपनिङ ब्याट्सम्यान प्रसिद्ध जैसीको संयमित अर्धशतकले नेपालको जितमा मुख्य भूमिका निभायो। जसैले सुरुदेखि नै पारीलाई सम्हाल्दै अघि बढाएका थिए। उनले ९१ बलमा अर्धशतक पूरा गरे र अन्ततः ५५ रन बनाएर अविजित रहे। उनको धैर्यपूर्ण इनिङ्सले नेपाललाई लक्ष्यसम्म सहजै पुर्‍याउन मद्दत गर्‍यो।

नेपालको बलिङ र फिल्डिङ प्रदर्शन पनि प्रभावशाली रह्यो, जसको आधारमा सिंगापुरलाई १३९ रनमै रोक्न सफल भयो। यो जितसँगै नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको छ। आगामी खेलहरूमा पनि नेपाली टिमले यस्तै लय कायम राख्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  १२ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको