२३ बैशाख २०८३, बुधबार । May 6, 2026

आईसीसी टी-२० विश्वकप २०२६ मा छनोट भयो क्यानडा


८ असार २०८२, आइतबार  

741
Shares

एजेन्सी । क्यानडाले सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेटका लागि स्थान सुरक्षित गरेको छ।

अमेरिका क्षेत्रीय छनोटको अन्तिम चरणमा अपराजित रहँदै शीर्ष स्थानमा पुगेको क्यानडा अब विश्वकपको यात्रा तय गर्ने पक्का भएको हो। चार राष्ट्र सहभागी प्रतियोगितामा क्यानडाले खेलेका सबै पाँच खेल जित्दै उत्कृष्ट प्रदर्शन गरेको छ। बहामासविरुद्धको जितसँगै उनीहरूले विश्वकपको टिकट पक्का गरेका हुन्।

त्यो खेलमा क्यानडाका बलर कलेम साना र शिवम शर्माले समान तीन विकेट लिएर बहामासलाई जम्मा ५७ रनमै समेटिदिए। जवाफमा दिलप्रीत बज्वाले केवल १४ बलमा अविजित ३६ रन बनाउँदै ५.३ ओभरमै लक्ष्य भेट्टाएका थिए। निकोलस किर्टनको कप्तानीमा रहेको क्यानडा टोली यसअघिको सन् २०२४ को टी–२० विश्वकपमा पहिलोपटक सहभागी भएको थियो। यसपटकको छनोटमा भने उनीहरू बलियो टोलीका रूपमा उदाएका छन्।

डबल राउण्ड रोबिन लिग ढाँचामा सम्पन्न प्रतियोगितामा क्यानडाले पहिलो खेलमै बर्मुडा विरुद्ध ११० रनको फराकिलो जित दर्ता गरेको थियो। त्यसपछि केम्यान आइल्यान्ड र बहामासविरुद्धका दुवै खेलमा समेत विजय हासिल गर्दै उनीहरू तालिकाको शीर्ष स्थानमा उक्लिए। अब अन्तिम खेलमा बर्मुडासँग हार भए पनि क्यानडाको शीर्ष स्थान सुनिश्चित भइसकेको छ।

यससँगै क्यानडा विश्वकपमा स्थान सुरक्षित गर्ने १२ औं टोली बनेको छ। अन्य छनोट भइसकेका ११ टोलीहरूमा अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, संयुक्त राज्य अमेरिका, वेस्ट इन्डिज, आयरल्याण्ड, न्यूजिल्याण्ड, पाकिस्तान र आयोजक राष्ट्र भारत र श्रीलंका छन्।

अब बाँकी रहेका सात स्थानका लागि युरोप, अफ्रिका र एसिया–ईएपी क्षेत्रीय छनोट प्रतियोगिताबाट थप टोलीहरू छनोट हुनेछन्।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ११ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट