८ चैत्र २०८२, आइतबार । March 22, 2026

एसिसी यु–१६ क्रिकेटः सिंगापुरले नेपाललाई दियो १३९ रनको लक्ष्य


८ असार २०८२, आइतबार  

111
Shares

काठमाडौं । मलेसियामा जारी एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत सिंगापुरले नेपाललाई जितका लागि १३९ रनको लक्ष्य दिएको छ।

खेल मलेसियाको युकेएम ओभल मैदानमा भइरहेको हो। टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनायो। टोलीका कप्तान रियन नायकले ५३ रनको उत्कृष्ट पारी खेले भने ओपनर आहान भुधानभामले ३८ रन जोडे। अर्का ओपनर रोशन अरुन ११ रनमै पवेलियन फर्किए।

नेपालका लागि कप्तान बिपिन शर्माले बलिङतर्फ शानदार प्रदर्शन गर्दै ४ विकेट लिए। यस्तै, सचिन भट्टले ३ विकेट लिए भने शुभम खनाल र अभय यादवले समान १–१ विकेट हात पारे। प्रतियोगिता एसियाली क्रिकेट परिषद् (एसीसी) को वार्षिक तालिकाअनुसार सञ्चालन भएको हो। कुल १० टोली सहभागी यस प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ। उक्त समूहमा नेपालसँगै सिंगापुर, इन्डोनेसिया, भुटान र जापान रहेका छन्।

त्यस्तै समूह ‘बी’ मा आयोजक मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार समावेश छन्। अहिले नेपाल जवाफी ब्याटिङमा उत्रिएको छ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ११ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो