२८ फाल्गुन २०८२, बिहिबार । March 12, 2026

त्रिदेशीय टी-२० सिरिजः नेपाल र स्कटल्याण्डको अन्तिम भिडन्त आज


६ असार २०८२, शुक्रबार  

309
Shares

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको अन्तिम खेलमा आज नेपाल र आयोजक स्कटल्याण्ड आमनेसामना हुँदैछन्।

खेल ग्लासग्लोस्थित मैदानमा नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ। शृंखलामा हालसम्म नेपालले तीन खेलमध्ये दुईमा जित हात पार्दै सशक्त प्रदर्शन गरेको छ। स्कटल्याण्डले भने एकमात्र जित दर्ता गरेको छ। पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराए पनि त्यसपछिका दुई खेलमा स्कटिश टोली नेपाल र नेदरल्याण्ड्ससँग पराजित भयो।

नेपालले भने पहिलो खेलमा नेदरल्याण्ड्ससँग सुपर ओभरमा पराजित भए पनि त्यसपछिका दुबै खेलमा शानदार पुनरागमन गर्दै स्कटल्याण्ड र नेदरल्याण्ड्सलाई पराजित गरेको हो। टी–२० फर्म्याटमा नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म दुई पटकमात्र प्रतिस्पर्धा भएको छ, जसमा दुबै टोलीले एक/एक पटक जितेका छन्। टी–२०आई अन्तर्राष्ट्रिय मान्यतासहितको खेलमा भने नेपाल मंगलबार पहिलोपटक विजयी भएको थियो।

यसअघि लिग–२ अन्तर्गतको एकदिवसीय शृंखलामा पनि नेपालले स्कटल्याण्डविरुद्ध राम्रो प्रदर्शन गर्दै चारमध्ये तीन खेलमा जित निकालेको थियो।

अबको यो अन्तिम खेल जित्दै नेपालले टी–२०आई शृंखलालाई सफलतापूर्वक टुंग्याउने लक्ष्य राखेको छ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ९ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по