३१ आश्विन २०८३, शनिबार । October 17, 2026

फिफा क्लब विश्वकप: मेस्सीको जादुमय प्रदर्शनमा इन्टर मियामीको ऐतिहासिक जित


६ असार २०८२, शुक्रबार  

186
Shares

एजेन्सी । फिफा क्लब विश्वकप फुटबलमा लियोनेल मेस्सीको चम्किलो प्रदर्शनका साथ इन्टर मियामीले युरोपियन क्लब पोर्टोलाई २–१ ले पराजित गर्दै ऐतिहासिक जित हात पारेको छ।

अमेरिकाको एटलान्टास्थित मर्सिडिज बेंज स्टेडियममा गएराति सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा, पहिलो हाफमा पछि परेको इन्टर मियामीले दोस्रो हाफमा सानदार पुनरागमन गर्दै खेल जितेको हो। खेलको आठौं मिनेटमा पोर्टोका सामु अगेहोवाले पेनाल्टीमार्फत गोल गर्दै आफ्नो टिमलाई सुरुआती अग्रता दिलाएका थिए। तर दोस्रो हाफको ४७औं मिनेटमा टेलास्को सेगोभियाले इन्टर मियामीका लागि बराबरी गोल फर्काए।

त्यसपछि ५४औं मिनेटमा आएको लियोनेल मेस्सीको जादुमय फ्रिकिक गोलले खेलको रङ नै फे¥रयो। बायाँ खुट्टाबाट हानेको उनको प्रहार पोर्टोका गोलकिपरले रोक्न सकेनन्, र मियामीले २–१ को अग्रता बनायो। यो मेस्सीको क्लब विश्वकपमा पहिलो गोल हो भने इन्टर मियामीका लागि उनको ५०औं गोल पनि यही बन्यो। सोही गोलमार्फत मियामीले पहिलोपटक युरोपेली क्लबविरुद्ध क्लब विश्वकपमा जित दर्ता गर्न सफल भयो।

अब इन्टर मियामीले समूह चरणको अन्तिम खेल ब्राजिलियन क्लब पाल्मेइराससँग खेल्नेछ। त्यहाँ जित वा बराबरीले मियामीलाई नकआउट चरणमा पुर्‍याउनेछ। त्यही समूहको अर्को खेलमा पाल्मेइरासले अल अहलीलाई २–० ले हराउँदै समूहमा बलियो स्थान बनाएको छ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ९ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि