२५ बैशाख २०८३, शुक्रबार । May 8, 2026

फिफा क्लब विश्वकप: मेस्सीको जादुमय प्रदर्शनमा इन्टर मियामीको ऐतिहासिक जित


६ असार २०८२, शुक्रबार  

186
Shares

एजेन्सी । फिफा क्लब विश्वकप फुटबलमा लियोनेल मेस्सीको चम्किलो प्रदर्शनका साथ इन्टर मियामीले युरोपियन क्लब पोर्टोलाई २–१ ले पराजित गर्दै ऐतिहासिक जित हात पारेको छ।

अमेरिकाको एटलान्टास्थित मर्सिडिज बेंज स्टेडियममा गएराति सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा, पहिलो हाफमा पछि परेको इन्टर मियामीले दोस्रो हाफमा सानदार पुनरागमन गर्दै खेल जितेको हो। खेलको आठौं मिनेटमा पोर्टोका सामु अगेहोवाले पेनाल्टीमार्फत गोल गर्दै आफ्नो टिमलाई सुरुआती अग्रता दिलाएका थिए। तर दोस्रो हाफको ४७औं मिनेटमा टेलास्को सेगोभियाले इन्टर मियामीका लागि बराबरी गोल फर्काए।

त्यसपछि ५४औं मिनेटमा आएको लियोनेल मेस्सीको जादुमय फ्रिकिक गोलले खेलको रङ नै फे¥रयो। बायाँ खुट्टाबाट हानेको उनको प्रहार पोर्टोका गोलकिपरले रोक्न सकेनन्, र मियामीले २–१ को अग्रता बनायो। यो मेस्सीको क्लब विश्वकपमा पहिलो गोल हो भने इन्टर मियामीका लागि उनको ५०औं गोल पनि यही बन्यो। सोही गोलमार्फत मियामीले पहिलोपटक युरोपेली क्लबविरुद्ध क्लब विश्वकपमा जित दर्ता गर्न सफल भयो।

अब इन्टर मियामीले समूह चरणको अन्तिम खेल ब्राजिलियन क्लब पाल्मेइराससँग खेल्नेछ। त्यहाँ जित वा बराबरीले मियामीलाई नकआउट चरणमा पुर्‍याउनेछ। त्यही समूहको अर्को खेलमा पाल्मेइरासले अल अहलीलाई २–० ले हराउँदै समूहमा बलियो स्थान बनाएको छ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ९ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१