२ कार्तिक २०८३, सोमबार । October 19, 2026

फिफा क्लब विश्वकप: एट्लेटिको मड्रिडको सानदार जित


६ असार २०८२, शुक्रबार  

42
Shares

एजेन्सी । फिफा क्लब विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’ को एक महत्वपूर्ण भिडन्तमा स्पेनको एट्लेटिको मड्रिडले अमेरिकाको सियाटल साउन्डर्सलाई ३–१ ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको छ।

खेलको सुरुवाती चरणमै २२ वर्षीय मिडफिल्डर पाब्लो बारियसले ११औं मिनेटमा पहिलो टचमै गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए। जुलियानो सिमेओनेको पासलाई उनले उत्कृष्ट ढंगले भल्काउँदै जाली चुमाएका थिए। पहिलो हाफको अन्त्यतिर एट्लेटिकोले पेनाल्टीको माग गरे तापनि भिएआर जाँचपछि त्यसलाई अस्वीकृत गरियो। दोस्रो हाफको थालनीसँगै, ४७औं मिनेटमा एक्सेल विट्सेलले हेडमार्फत दोस्रो गोल थपे।

सियाटल साउन्डर्सले पनि केही आशा जगाउने प्रयास गरे। ५०औं मिनेटमा अल्बर्ट रुशनाकले गोल गर्दै स्कोर २–१ मा झारे। तर, त्यसपछि पनि एट्लेटिकोलाई रोक्न सकेनन्। ५५औं मिनेटमा फेरि बारियसले लामो थ्रो इनबाट आएको बललाई सजिलै गोलमा परिणत गर्दै खेलको निर्णय प्रष्ट बनाए।

सियाटलले खेलभरि केही अवसरहरू सिर्जना गरे तापनि, एट्लेटिकोका गोलकिपर यान ओब्लाकले चार निर्णायक बचाउ गर्दै आफ्नो टोलीलाई सुरक्षित राखे। यो जितसँगै एट्लेटिको मड्रिडले समूह चरणमा पीएसजीसँगको हारपछि पुनरागमन गर्दै अघिल्लो चरणमा प्रवेश गर्ने सम्भावना कायम राखेको छ।

सियाटल साउन्डर्स भने लगातार दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ। अब उनीहरूको अन्तिम खेल पीएसजीविरुद्ध हुनेछ, जुन केवल सम्मान जोगाउने अवसर हुनेछ।

एट्लेटिको मड्रिडले आफ्नो आगामी खेल ब्राजिलियन क्लब बोटाफोगोसँग खेल्नेछ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ९ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि