१० श्रावण २०८३, आइतबार । July 26, 2026

त्रिदेशीय टी–२० सिरिजः नेपालको दोस्रो जित, नेदरल्यान्ड्स ६ विकेटले पराजित


५ असार २०८२, बिहिबार  

210
Shares

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै शानदार जित हात पारेको छ।

एडिनबर्गस्थित ग्रेन्ज क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले निर्धारित १७५ रनको लक्ष्य ४ विकेटको क्षतिमा १९ ओभर ५ बलमै पूरा गर्दै जित सुनिश्चित गरेको हो।

टस जितेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रनको प्रतिस्पर्धात्मक योगफल खडा गरेको थियो। डच टोलीका ब्याट्सम्यानले सुरुआती अवस्थामा आक्रामक प्रदर्शन गरे पनि नेपाली बलरहरूले मध्य र अन्त्यतिर राम्रो नियन्त्रण गरेका थिए।

नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै २ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, ललितराजवंशी र रूपेश सिंहले समान १-१ विकेट लिएका थिए।

जवाफी ब्याटिङमा ओपनर कुशल भुर्तेलले आक्रामक अर्धशतकीय पारी खेल्दै ६५ रन जोडे। उनको पारीले नेपालको जितको आधार तय गर्‍यो। अन्य ब्याट्सम्यानले पनि आवश्यक योगदान दिँदै लक्ष्यमा सहज पहुँच दिलाए।

यसअघि शृङ्खलाको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरसम्म पुगेको खेलमा पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले घरेलु टोली स्कटल्यान्डलाई २ विकेटले पराजित गर्दै उत्साहजनक सुरुआत गरेको थियो।

नेपालको यो जितले टोलीको फाइनल प्रवेश सम्भावनालाई बलियो बनाएको छ। शृङ्खलाको अर्को खेलमा नेपालको भिडन्त पुनः स्कटल्यान्डसँग हुनेछ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ११ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर