१० श्रावण २०८३, आइतबार । July 26, 2026

त्रिकोणात्मक टी–२० सिरिज : नेदरल्यान्ड्सले नेपाललाई दियो १७५ रनको चुनौती


५ असार २०८२, बिहिबार  

51
Shares

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत नेपालले नेदरल्यान्ड्सविरुद्धको खेलमा १७५ रनको लक्ष्य पाएको छ।

टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रनको प्रतिस्पर्धात्मक स्कोर बनायो। अब केहीबेरमै नेपालले जवाफी पारी थाल्नेछ। नेपाल आजको खेलमा लगातार दोस्रो जितको खोजीमा छ। मंगलबार सम्पन्न खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई २ विकेटले हराएको थियो। त्यसअघि सोमबार नेदरल्यान्ड्ससँगको रोमाञ्चक भिडन्तमा नेपाल तेस्रो सुपर ओभरमा पराजित भएको थियो।

यता नेदरल्यान्ड्सले सिरिजमा हालसम्म दुई जित दर्ता गरिसकेको छ। पहिलो खेलमा स्कटल्यान्डसँग ३९ रनले हार बेहोरेको टोलीले त्यसपछिका दुई खेलमा पुनरागमन गर्दै नेपाललाई सुपर ओभरमा र स्कटल्यान्डलाई १७ रनले पराजित गरेको थियो।

नेपालका लागि आजको खेल महत्त्वपूर्ण रहनेछ, किनकि जितसँगै फाइनल स्थानको सम्भावना बलियो बन्न सक्छ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ९ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर