७ चैत्र २०८२, शनिबार । March 21, 2026

अमेरिकामा विद्यार्थी भिसा खुल्दै, तर सामाजिक सञ्जाल खाता पब्लिक राख्नुपर्ने


५ असार २०८२, बिहिबार  

177
Shares

एजेन्सी । अमेरिकी विदेश मन्त्रालयले विदेशी विद्यार्थीहरूका लागि भिसा अपोइन्टमेन्टको तालिका फेरि सुरु गर्ने घोषणा गरेको छ।

नयाँ प्रणाली अन्तर्गत अब भिसा आवेदन दिने विद्यार्थीहरूको सामाजिक सञ्जाल गतिविधि समेत कडाइका साथ अनुगमन गरिनेछ। मन्त्रालयको भनाइ अनुसार, भिसा आवेदकहरूको सामाजिक सञ्जाल प्रोफाइल सार्वजनिक राख्नुपर्नेछ। यसले सम्बन्धित निकायलाई आवेदकहरूको पृष्ठभूमि राम्रोसँग बुझ्न मद्दत पुर्‍याउनेछ। मन्त्रालयले एक प्रेस विज्ञप्तिमा भनेको छ, “हामी भिसा जाँच प्रक्रियामा उपलब्ध सबै जानकारीहरू प्रयोग गरेर अमेरिका प्रवेशका लागि अयोग्य, विशेष गरी राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याउन सक्ने व्यक्तिहरू पहिचान गर्नेछौँ।”

नयाँ निर्देशिका अनुसार, विद्यार्थीहरूको अनलाइन उपस्थिति, अर्थात् सामाजिक सञ्जालहरूमा उनीहरूको गतिविधि, गोपनीयता सेटिङ र अभिव्यक्तिको गहिरो अध्ययन गरिनेछ। यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका अमेरिकी दूतावासहरूलाई विद्यार्थी भिसाका अपोइन्टमेन्टहरू रोक्न निर्देशन दिएका थिए। अब भने विदेशमा रहेका अमेरिकी दूतावास र वाणिज्य दूतावासहरूले चाँडै भिसा प्रक्रिया पुनः सुरु गर्ने तयारी गरेका छन्।

ट्रम्प प्रशासनले पहिल्यैदेखि सामाजिक सञ्जालमार्फत आवेदकहरूको चरित्र अध्ययन गर्नुपर्ने भन्दै योजना अघि बढाइरहेको थियो। अब त्यो योजना व्यवहारमा कार्यान्वयन हुँदैछ, जसले विद्यार्थीहरूलाई अमेरिका जानु अघि झन् सजग र जिम्मेवार बन्न प्रेरित गर्ने देखिन्छ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ११ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो