२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

त्रिदेशीय टी–२० सिरिज: आज नेपाल र नेदरल्यान्ड्स भिड्दै


५ असार २०८२, बिहिबार  

108
Shares

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको प्रतिस्पर्धा आज हुँदैछ। यो रोमाञ्चक खेल आज राति पौने ८ बजे सुरु हुनेछ।

यस सिरिजमा नेपालले अहिलेसम्म दुई खेल खेलेको छ। पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरसम्मको संघर्षपछि पराजित भएको थियो। तर दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई १ बल बाँकी छँदा २ विकेटले हराउँदै सानदार जित निकालेको थियो। नेदरल्यान्ड्सले भने हालसम्म तीन खेल खेलिसकेको छ। तीमध्ये दुई खेलमा जित र एक खेलमा हार बेहोरेको छ।

नेपालसँग पहिलो भिडन्तमा सुपर ओभरमा जित हात पार्न सफल यो टोलीले स्कटल्याण्डसँग भने एक खेलमा हार र अर्कोमा जित निकालेको छ। आजको खेल दुवै टोलीका लागि महत्त्वपूर्ण रहनेछ, किनभने फाइनल पुग्ने सम्भावनामा यसको प्रत्यक्ष असर पर्न सक्छ।

नेपाली टोली उत्कृष्ट प्रदर्शन गर्दै सिरिजमा बलियो पुनरागमन गर्ने लक्ष्यमा हुनेछ भने नेदरल्यान्ड्स पनि अघिल्ला जितको लय कायम राख्न चाहन्छ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  १० : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ