२९ पुस २०८२, मंगलबार । January 13, 2026

त्रिदेशीय टी–२० सिरिज: आज नेपाल र नेदरल्यान्ड्स भिड्दै



काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको प्रतिस्पर्धा आज हुँदैछ। यो रोमाञ्चक खेल आज राति पौने ८ बजे सुरु हुनेछ।

यस सिरिजमा नेपालले अहिलेसम्म दुई खेल खेलेको छ। पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरसम्मको संघर्षपछि पराजित भएको थियो। तर दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई १ बल बाँकी छँदा २ विकेटले हराउँदै सानदार जित निकालेको थियो। नेदरल्यान्ड्सले भने हालसम्म तीन खेल खेलिसकेको छ। तीमध्ये दुई खेलमा जित र एक खेलमा हार बेहोरेको छ।

नेपालसँग पहिलो भिडन्तमा सुपर ओभरमा जित हात पार्न सफल यो टोलीले स्कटल्याण्डसँग भने एक खेलमा हार र अर्कोमा जित निकालेको छ। आजको खेल दुवै टोलीका लागि महत्त्वपूर्ण रहनेछ, किनभने फाइनल पुग्ने सम्भावनामा यसको प्रत्यक्ष असर पर्न सक्छ।

नेपाली टोली उत्कृष्ट प्रदर्शन गर्दै सिरिजमा बलियो पुनरागमन गर्ने लक्ष्यमा हुनेछ भने नेदरल्यान्ड्स पनि अघिल्ला जितको लय कायम राख्न चाहन्छ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  १० : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले