२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

फिफा क्लब विश्वकप: सिटीको विजयी सुरुवात, रियल र अल हिलालबीच रोमाञ्चक बराबरी



काठमाडौं । फिफा क्लब विश्वकप २०२५ अन्तर्गत समूह ‘जी’ मा इंग्ल्यान्डको म्यानचेस्टर सिटीले शानदार सुरुवात गर्दै मोरक्कोको क्लब विडाड कासाब्लान्कालाई २–० ले पराजित गरेको छ।

खेल सुरु हुनासाथै आक्रामक शैली अपनाएको सिटीले दोस्रो मिनेटमै फिल फोडेनको गोलमार्फत अग्रता बनाएको थियो। पहिलो हाफको ४२औं मिनेटमा जेरेमी डोकुले दोस्रो गोल थप्दै टोलीलाई २–० को स्पष्ट अग्रता दिलाए।

सिटीले केही प्रमुख खेलाडीलाई विश्राम दिँदै युवा खेलाडीहरूलाई सुरुवाती ११ मा मौका दिएको थियो। डेब्यु खेल खेलेका रायन चेरकीले प्रभावशाली प्रदर्शन गरेर प्रशंसा बटुले। यद्यपि, खेलको अन्त्यतिर रिकोलुइसले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा सीमित भएको थियो। खेलका क्रममा विडाड समर्थकहरूले जलाइएका फ्लेयर मैदानमा फ्याँकेपछि खेल केही समय रोकिएको थियो।

समूह ‘एच’ मा रियल मड्रिड र अल हिलाल बराबरीमा

उता समूह ‘एच’ अन्तर्गतको प्रतिस्पर्धामा स्पेनिस जायन्ट रियल मड्रिड र साउदी क्लब अल हिलालबीच १–१ को रोमाञ्चक खेल सम्पन्न भयो। खेलको ३४औं मिनेटमा रियल मड्रिडका युवा स्टार गोंजालो गार्सियाले गोल गर्दै अग्रता दिलाएका थिए। तर, ४१औं मिनेटमा रुबेन नेभेसले पेनाल्टीमार्फत बराबरी गोल फर्काउँदै खेलमा रोमाञ्च थपे।

दोस्रो हाफमा रियल मड्रिडलाई पुनः पेनाल्टीको अवसर मिलेको थियो, तर अल हिलालका गोलरक्षक यासिन बोनुले उत्कृष्ट बचाउ गर्दै टोलीलाई हारबाट जोगाए।

अन्य खेलमा साल्जबर्गको जित

बिहीबार बिहान सम्पन्न अर्को खेलमा एफसी साल्जबर्गले पाचुका एफसीलाई २–१ ले पराजित गरेको छ। साल्जबर्गको दबदबा रहेको खेलमा दुवै टोलीले संघर्षपूर्ण प्रदर्शन गरे पनि अन्ततः साल्जबर्ग विजयी बन्न सफल भयो।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  १० : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको