२९ चैत्र २०८२, आइतबार । April 13, 2026

फिफा क्लब विश्वकप: सिटीको विजयी सुरुवात, रियल र अल हिलालबीच रोमाञ्चक बराबरी


५ असार २०८२, बिहिबार  

42
Shares

काठमाडौं । फिफा क्लब विश्वकप २०२५ अन्तर्गत समूह ‘जी’ मा इंग्ल्यान्डको म्यानचेस्टर सिटीले शानदार सुरुवात गर्दै मोरक्कोको क्लब विडाड कासाब्लान्कालाई २–० ले पराजित गरेको छ।

खेल सुरु हुनासाथै आक्रामक शैली अपनाएको सिटीले दोस्रो मिनेटमै फिल फोडेनको गोलमार्फत अग्रता बनाएको थियो। पहिलो हाफको ४२औं मिनेटमा जेरेमी डोकुले दोस्रो गोल थप्दै टोलीलाई २–० को स्पष्ट अग्रता दिलाए।

सिटीले केही प्रमुख खेलाडीलाई विश्राम दिँदै युवा खेलाडीहरूलाई सुरुवाती ११ मा मौका दिएको थियो। डेब्यु खेल खेलेका रायन चेरकीले प्रभावशाली प्रदर्शन गरेर प्रशंसा बटुले। यद्यपि, खेलको अन्त्यतिर रिकोलुइसले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा सीमित भएको थियो। खेलका क्रममा विडाड समर्थकहरूले जलाइएका फ्लेयर मैदानमा फ्याँकेपछि खेल केही समय रोकिएको थियो।

समूह ‘एच’ मा रियल मड्रिड र अल हिलाल बराबरीमा

उता समूह ‘एच’ अन्तर्गतको प्रतिस्पर्धामा स्पेनिस जायन्ट रियल मड्रिड र साउदी क्लब अल हिलालबीच १–१ को रोमाञ्चक खेल सम्पन्न भयो। खेलको ३४औं मिनेटमा रियल मड्रिडका युवा स्टार गोंजालो गार्सियाले गोल गर्दै अग्रता दिलाएका थिए। तर, ४१औं मिनेटमा रुबेन नेभेसले पेनाल्टीमार्फत बराबरी गोल फर्काउँदै खेलमा रोमाञ्च थपे।

दोस्रो हाफमा रियल मड्रिडलाई पुनः पेनाल्टीको अवसर मिलेको थियो, तर अल हिलालका गोलरक्षक यासिन बोनुले उत्कृष्ट बचाउ गर्दै टोलीलाई हारबाट जोगाए।

अन्य खेलमा साल्जबर्गको जित

बिहीबार बिहान सम्पन्न अर्को खेलमा एफसी साल्जबर्गले पाचुका एफसीलाई २–१ ले पराजित गरेको छ। साल्जबर्गको दबदबा रहेको खेलमा दुवै टोलीले संघर्षपूर्ण प्रदर्शन गरे पनि अन्ततः साल्जबर्ग विजयी बन्न सफल भयो।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  १० : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व