२ कार्तिक २०८३, सोमबार । October 19, 2026

फिफा क्लब विश्वकपः इन्टर मिलान र मोन्टेरीको रोमाञ्चक बराबरी


४ असार २०८२, बुधबार  

21
Shares

काठमाडौं । फिफा क्लब विश्वकपअन्तर्गत समूह ‘इ’ मा आज बिहान भएको खेलमा इटालियन क्लब इन्टर मिलान र मेक्सिकन टोली मोन्टेरीले १–१ को रोमाञ्चक बराबरी खेलेका छन्।

मोन्टेरीले खेलको २५औं मिनेटमा सुरुआती अग्रता लिएको थियो। टोलीका अनुभवी डिफेन्डर सर्जियो रामोसले हेडमार्फत गोल गर्दै टिमलाई अघि बढाएका थिए। तर पहिलो हाफको अन्त्यतिर, ४२औं मिनेटमा इन्टरका स्ट्राइकर लाउतारो मार्टिनेजले गोल फर्काउँदै खेल बराबरीमा ल्याए।

यसअघि समूहकै अर्को खेलमा अर्जेन्टिनी क्लब रिभर प्लेटले जापानी टोली उर्वा रेड्सलाई ३–१ ले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुवात गरेको छ। खेलपछिको अंकतालिका अनुसार रिभर प्लेट ३ अंकसहित शीर्ष स्थानमा छ भने इन्टर मिलान र मोन्टेरीले समान १–१ अंक बटुलेका छन्।

उर्वा रेड्स भने अंकविहीन अवस्थामा रहेको छ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  १० : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि