२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

फिफा क्लब विश्वकप: रिभर विजयी, डर्टमुन्ड बराबरीमा



एजेन्सी । अमेरिकामा जारी फिफा क्लब विश्वकप २०२५ मा अर्जेन्टिनी क्लब रिभर प्लेटले शानदार जितसहित प्रतियोगिता सुरु गरेको छ भने जर्मन क्लब बोरुसिया डर्टमुन्ड बराबरीमा रोकिएको छ।

मंगलबार राति सम्पन्न समूह ‘ई’ अन्तर्गतको खेलमा रिभर प्लेटले जापानको उरावा रेड डायमन्ड्सलाई ३-१ ले पराजित गर्दै प्रभावशाली प्रदर्शन गर्‍यो। रिभर प्लेटका लागि खेलको १२औं मिनेटमै फाकुन्डो कोलिडियोले गोल गर्दै अग्रता दिलाए। दोस्रो हाफको सुरुवातमै, ४८औं मिनेटमा सेबास्टियन ड्रइसीले दोस्रो गोल थपे।

उरावाका युसुके मात्सुओले ५८औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई फर्काउने प्रयास गरे पनि, ७३औं मिनेटमा म्याक्सिमिलानो मेजाको गोलले रिभर प्लेटको जित सुनिश्चित गर्‍यो। त्यस्तै, समूह ‘एफ’ अन्तर्गतको प्रतिस्पर्धात्मक खेलमा बोरुसिया डर्टमुन्ड र ब्राजिलियन क्लब फ्लुमिनेन्स एफसीबीचको भिडन्त गोलरहित बराबरीमा टुंगियो।

यसै क्रममा, बुधबार बिहान सम्पन्न खेलमा दक्षिण अफ्रिकी क्लब मामेलोदी सनडाउन्स एफसीले दक्षिण कोरियाली क्लब उल्सन एचडीलाई १–० ले पराजित गर्‍यो ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ९ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको