२५ बैशाख २०८३, शुक्रबार । May 8, 2026

फिफा क्लब विश्वकप: रिभर विजयी, डर्टमुन्ड बराबरीमा


४ असार २०८२, बुधबार  

27
Shares

एजेन्सी । अमेरिकामा जारी फिफा क्लब विश्वकप २०२५ मा अर्जेन्टिनी क्लब रिभर प्लेटले शानदार जितसहित प्रतियोगिता सुरु गरेको छ भने जर्मन क्लब बोरुसिया डर्टमुन्ड बराबरीमा रोकिएको छ।

मंगलबार राति सम्पन्न समूह ‘ई’ अन्तर्गतको खेलमा रिभर प्लेटले जापानको उरावा रेड डायमन्ड्सलाई ३-१ ले पराजित गर्दै प्रभावशाली प्रदर्शन गर्‍यो। रिभर प्लेटका लागि खेलको १२औं मिनेटमै फाकुन्डो कोलिडियोले गोल गर्दै अग्रता दिलाए। दोस्रो हाफको सुरुवातमै, ४८औं मिनेटमा सेबास्टियन ड्रइसीले दोस्रो गोल थपे।

उरावाका युसुके मात्सुओले ५८औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई फर्काउने प्रयास गरे पनि, ७३औं मिनेटमा म्याक्सिमिलानो मेजाको गोलले रिभर प्लेटको जित सुनिश्चित गर्‍यो। त्यस्तै, समूह ‘एफ’ अन्तर्गतको प्रतिस्पर्धात्मक खेलमा बोरुसिया डर्टमुन्ड र ब्राजिलियन क्लब फ्लुमिनेन्स एफसीबीचको भिडन्त गोलरहित बराबरीमा टुंगियो।

यसै क्रममा, बुधबार बिहान सम्पन्न खेलमा दक्षिण अफ्रिकी क्लब मामेलोदी सनडाउन्स एफसीले दक्षिण कोरियाली क्लब उल्सन एचडीलाई १–० ले पराजित गर्‍यो ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ९ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१