१ माघ २०८२, बुधबार । January 14, 2026

नेपाली बजारमा सुन तोलामा २ हजारले घट्यो



काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ।

लगातार उकालो लागेको सुनको मूल्यमा एकैदिन तोलामा २ हजार रुपैयाँले कमी आएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँ कायम गरिएको छ। यसअघि सोमबार यो मूल्य १ लाख ९७ हजार ५०० रुपैयाँ थियो।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला १ हजार १६५ रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार घटेर १ हजार १६० रुपैयाँ मा झरेको छ। हालैका दिनहरूमा अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको असर नेपाली बजारमा पनि देखिएको हो।

सुनचाँदी व्यवसायीहरूका अनुसार मूल्यमा थप परिवर्तन आउने सम्भावना रहन्छ, त्यसैले लगानीकर्ताहरूलाई सतर्कता अपनाउन सुझाइएको छ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १० : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले