काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपाल आज आयोजक स्कटल्याण्डविरुद्ध मैदानमा उत्रनेछ।
खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुने बताइएको छ। सिरिजको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्यान्ड्सलाई पराजित गर्दै विजयी सुरुआत गरिसकेको छ। दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग रोमाञ्चक प्रतिस्पर्धा गर्दै तेस्रो सुपर ओभरसम्मको खेलमा पराजय ब्यहोरेको थियो।
नेपाल र स्कटल्याण्डबीच टी–२० फर्म्याटमा यो दोस्रो भिडन्त हो। पहिलो पटक यी दुई टोलीबीच सन् २०१३ मा खेल भएको थियो, जुन स्कटल्याण्डले जितेको थियो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० वरियतामा नेपाल १८औं स्थानमा छ भने स्कटल्याण्ड 14औं र नेदरल्यान्ड्स १३औं स्थानमा छन्।







प्रतिक्रिया