२९ पुस २०८२, मंगलबार । January 13, 2026

आजको मौसमः देशभर बदली, तीन प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका विभिन्न भू-भागमा सक्रिय मनसुनी प्रणालीको असर देखिएको छ भने लुम्बिनी प्रदेशको पूर्वी क्षेत्र पनि यसको प्रभावमा परेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

साथै, देशको पश्चिमी क्षेत्रहरूमा पश्चिमी वायु र स्थानीय वायुले आंशिक प्रभाव पारिरहेको छ। मौसम पूर्वानुमान अनुसार आज दिनभर देशभर आकाश बदली रहनेछ। सबै प्रदेशका विभिन्न स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

तीनै प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका केही भू-भागमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना पनि महाशाखाले उल्लेख गरेको छ। आज रातिको मौसमसमेत आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका थोरै भू-भागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आह्वान गरेको छ। हिमाली तथा उच्च पहाडी क्षेत्रहरूमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

यात्रु, कृषक तथा जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन मौसमविद्हरूको सुझाव छ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ७ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले