२९ पुस २०८२, मंगलबार । January 13, 2026

रोचक बन्दै नेपाल र नेदरल्यान्ड्सबीचको भिडन्त, खेल तेस्रो सुपर ओभरमा



काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाल र नेदरल्यान्ड्सबीचको प्रतिस्पर्धा अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमै अनौठो मोडमा पुगेको छ।

लगातार दुई सुपर ओभर पनि बराबरीमा सकिएपछि खेल अब तेस्रो सुपर ओभरमा प्रवेश गरेको छ। यसअघि निर्धारित २० ओभरमा दुवै टोलीले समान १५२ रन बनाएका थिए। त्यसपछि पहिलो सुपर ओभरमा दुवैले १९–१९ रन बनाए र दोस्रो सुपर ओभर पनि बराबरीमा टुंगियो। अब निर्णायक रूपमा तेस्रो सुपर ओभर मार्फत खेलको टुंगो लगाइँदैछ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) अन्तर्गतका टी–२० खेलमा तीनपटकसम्म सुपर ओभर भएको यो पहिलो घटना हो। यस्तो रोमाञ्चक खेलले विश्व क्रिकेटमा नयाँ कीर्तिमान स्थापित गरेको छ भने नेपाली क्रिकेटका लागि ऐतिहासिक क्षण बनेको छ।

दर्शक र समर्थकहरू अहिले नेपाललाई ऐतिहासिक जितको प्रतीक्षामा छन्।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ११ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले