काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाल र नेदरल्यान्ड्सबीचको खेल रोमाञ्चक मोडमा पुगेको छ, जब खेल सुपर ओभरमा पुगेको हो।
नेदरल्यान्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारण २० ओभरमा ८ विकेट गुमाएर १५२ रनमात्रै बनाउन सक्यो। दुवै टोलीको स्कोर बराबरी भएपछि निर्णयका लागि खेल सुपर ओभरमा धकेलिएको हो।
यो नतिजा नेपालका लागि जिततर्फ अघि बढ्ने अर्को अवसर हो भने दर्शकका लागि सास रोक्ने क्षण। सुपर ओभरमा कुन टोली विजयी हुन्छ भन्ने कौतूहल अहिले चुलिएको छ।







प्रतिक्रिया