काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ।
ग्लासग्लोस्थित तितवूड क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जित्दै विपक्षी टोलीलाई ब्याटिङको निम्तो दिएका हुन्। यसै सिरिजअन्तर्गतको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले पराजित गरिसकेको छ। एकदिवसीय क्रिकेटमा प्रभावशाली प्रदर्शन गरेका नेपाली खेलाडीहरूले टी–२० प्रारूपमा पनि त्यसको निरन्तरता दिने लक्ष्य राखेका छन्।
त्रिदेशीय सिरिजमा नेपाल, नेदरल्याण्ड्स र आयोजक स्कटल्याण्ड सहभागी छन्। सिरिज नेपालका लागि आगामी टी–२० विश्वकप तयारीको महत्वपूर्ण हिस्सा मानिएको छ।







प्रतिक्रिया