६ कार्तिक २०८३, शुक्रबार । October 23, 2026

नेपालको ऐतिहासिक उपलब्धि : आज खेल्दैछ १००औं टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल


२ असार २०८२, सोमबार  

69
Shares

काठमाडौं । नेपाली क्रिकेटको इतिहासमा आज एक महत्वपूर्ण दिन रहेको छ।

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आफ्नो १००औं टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल खेल्दैछ। स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेल नेपाली क्रिकेटको यो ऐतिहासिक उपलब्धि बन्न लागेको हो। नेपालले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटको यात्रा सन् २०१४ मा हङकङविरुद्ध खेलेको खेलबाट सुरू गरेको थियो, जसमा नेपाल विजयी भएको थियो।

त्यसयता नेपालले ९९ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दा ५५ खेलमा जित हासिल गरेको छ। ३९ खेलमा हार बेहोरेको छ भने २ खेल बराबरीमा र ३ खेल नतिजाविहीन भएका छन्। टीमका नियमित सदस्यहरू सोमपाल कामी, करण केसी र दीपेन्द्रसिंह ऐरीले हालसम्म सर्वाधिक ७८ खेल खेलिसकेका छन्।

तीमध्ये सोमपालले नेपालको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमै सहभागीता जनाएका थिए, तर हालै चोटका कारण उनी यो शृङ्खलाबाट बाहिर छन्। नेपालका लागि अहिलेसम्म कुल ४९ खेलाडीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन्। पछिल्लो खेलाडीको रूपमा नन्दन यादवले हालै नेपालबाट डेब्यु गरेका थिए।

आजको खेल बेलुकी पौने ८ बजे सुरु हुने तालिका रहेको छ। शृङ्खलाको पहिलो खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई हराएको थियो। अब नेपाल आफ्नो सयौं खेलमा विजय हासिल गर्दै यो ऐतिहासिक दिनलाई स्मरणीय बनाउन चाहन्छ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ४ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि