२९ पुस २०८२, मंगलबार । January 13, 2026

कलंकीमा स्कुल परिसरमै भ्यान दुर्घटना, एक बालिकाको मृत्यु, ७ घाइते



काठमाडौं । कलंकीस्थित इडिफाई इन्टरनेशनल स्कुलको परिसरमै सोमबार एक दर्दनाक दुर्घटना भएको छ।

स्कुलकै भ्यान अनियन्त्रित भई गेटको पिलरमा ठोक्किएपछि भएको उक्त दुर्घटनामा एक बालिकाको ज्यान गएको छ भने सात जना घाइते भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपील राज बोहराका अनुसार दुर्घटनामा परी ९ वर्षीया सोनाक्षी यादवको मृत्यु भएको हो। उनलाई तत्कालै उपचारका लागि शहिद मेमोरियल अस्पताल लगिएको थियो तर दुर्भाग्यवश उपचारकै क्रममा उनको ज्यान गएको हो।

घटना स्कुल छुट्टीपछि विद्यार्थीहरुलाई भ्यानमा राखी बाहिर लाने क्रममा भएको हो। स्कुलको गेटबाट निस्कन खोज्दा भ्यान गेटको पिलरमा ठोक्किएर दुर्घटनामा परेको थियो। दुर्घटनामा परी अन्य घाइते हुनेहरुमा ८ वर्षीया रेश्मा मोक्तान, ९ वर्षीया नेशिया थापा, ९ वर्षीया निकिशा डंगोल, ११ वर्षीया सिमरन खड्का र ९ वर्षीया प्रेमिसा घर्तीमगर छन्। ती सबै घाइते बालबालिकाको उपचार नेपाल नेसनल अस्पतालमा भइरहेको छ।

त्यसैगरी, स्कुलका प्राचार्य ४६ वर्षीय सुरज पोख्रेल र भ्यान चालक ६० वर्षीय हर्कबहादुर कार्कीसमेत दुर्घटनामा घाइते भएका छन्। उनीहरुको बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्कुल परिसरभित्रै यस्तो दुर्घटना हुनु भनेको विद्यालयको सुरक्षाको सवालमा गम्भीर प्रश्न उठाउने विषय बनेको छ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ४ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले