२५ जेष्ठ २०८३, सोमबार । June 8, 2026

त्रिदेशीय टी-२० शृंखला: नेदरल्याण्ड्सविरुद्ध भिड्दै नेपाल


२ असार २०८२, सोमबार  

162
Shares

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले आज नेदरल्याण्ड्सको सामना गर्नेछ।

खेल ग्लासग्लोस्थित तितवूड मैदानमा आज बेलुका ७:४५ बजेदेखि सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स र एडिआर स्पोर्ट्स च्यानलमार्फत युट्युबमा हेर्न सकिनेछ। शृंखलाको उद्घाटन खेलमा आइतबार घरेलु टोली स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले पराजित गरेको थियो। स्कटल्याण्डले दिएको १६१ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड्स १२१ रनमै समेटिएको थियो।

नेपाल र नेदरल्याण्ड्सको टी-२०आई इतिहास हेर्दा नेदरल्याण्ड्स केही अगाडि देखिन्छ। हालसम्म दुवै टिमबीच भएका १३ खेलमध्ये ७ खेल नेदरल्याण्ड्सले जितेको छ भने ५ खेल नेपालले जितेको छ। १ खेल भने नतिजाविहीन भएको थियो। दुबै टोली पछिल्लोपटक २०२४ को टी-२० विश्वकपमा आमनेसामने भएका थिए, जसमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो।

त्यसअघि मार्चमा कीर्तिपुरमा सम्पन्न त्रिदेशीय टी-२० शृंखलामा पनि फाइनलमा नेपालले नेदरल्याण्ड्ससँग हार बेहोरेको थियो। यद्यपि लिग चरणमा दुवैले एक–एक खेल जितेका थिए। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको एकदिवसीय शृंखला सम्पन्न भएपछि दुवै टोली अहिले छोटो फर्म्याटको खेलतर्फ मोडिएका छन्।

यस टी-२० शृंखलामा नेपाल राम्रो सुरुवात गर्ने प्रयासमा हुनेछ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ७ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता

काठमाडौं । पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय

रुसी लगानीकर्तालाई उपेन्द्र महतोको आह्वान : नेपालको जलविद्युत क्षेत्रमा लगानीको सुनौलो अवसर

काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा

ब्राजिलको पोस्टर ब्वाई नेयमार !

काठमाडौं । नियमार अब कुनैपनि फुटबल टोर्नामेन्ट खेल्नका लागि मैदान

मिड–भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिटबिच समझदारी, चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने

काठमाडौं । नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा, उदीयमान प्रविधि र नवप्रवर्तनसँग

महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन, चक्रपथमा सेवा विस्तार

काठमाडौं । महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै १६