२९ पुस २०८२, मंगलबार । January 13, 2026

त्रिदेशीय टी-२० शृंखला: नेदरल्याण्ड्सविरुद्ध भिड्दै नेपाल



काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले आज नेदरल्याण्ड्सको सामना गर्नेछ।

खेल ग्लासग्लोस्थित तितवूड मैदानमा आज बेलुका ७:४५ बजेदेखि सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स र एडिआर स्पोर्ट्स च्यानलमार्फत युट्युबमा हेर्न सकिनेछ। शृंखलाको उद्घाटन खेलमा आइतबार घरेलु टोली स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले पराजित गरेको थियो। स्कटल्याण्डले दिएको १६१ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड्स १२१ रनमै समेटिएको थियो।

नेपाल र नेदरल्याण्ड्सको टी-२०आई इतिहास हेर्दा नेदरल्याण्ड्स केही अगाडि देखिन्छ। हालसम्म दुवै टिमबीच भएका १३ खेलमध्ये ७ खेल नेदरल्याण्ड्सले जितेको छ भने ५ खेल नेपालले जितेको छ। १ खेल भने नतिजाविहीन भएको थियो। दुबै टोली पछिल्लोपटक २०२४ को टी-२० विश्वकपमा आमनेसामने भएका थिए, जसमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो।

त्यसअघि मार्चमा कीर्तिपुरमा सम्पन्न त्रिदेशीय टी-२० शृंखलामा पनि फाइनलमा नेपालले नेदरल्याण्ड्ससँग हार बेहोरेको थियो। यद्यपि लिग चरणमा दुवैले एक–एक खेल जितेका थिए। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको एकदिवसीय शृंखला सम्पन्न भएपछि दुवै टोली अहिले छोटो फर्म्याटको खेलतर्फ मोडिएका छन्।

यस टी-२० शृंखलामा नेपाल राम्रो सुरुवात गर्ने प्रयासमा हुनेछ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ७ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले