२९ पुस २०८२, मंगलबार । January 13, 2026

फिफा क्लब विश्वकप: एट्लेटिकोमाथि पीएसजीको शानदार जित



काठमाडौं । फिफा क्लब विश्वकप अन्तर्गत समूह ‘बी’ को रोमाञ्चक भिडन्तमा फ्रेन्च जायन्ट पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई ४–० गोलअन्तरले हराउँदै सशक्त प्रदर्शन गरेको छ।

राति सम्पन्न खेलमा पीएसजीले सुरु देखिनै खेलमा दबदबा कायम राख्यो। पहिलो हाफको १९औं मिनेटमा फाबियान रूइजले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि पहिलो हाफको इन्जुरी समयमा भिटिन्हाले गोल थपेपछि पीएसजीले २–० को अग्रता लियो। दोस्रो हाफमा एट्लेटिको मड्रिड थप दबाबमा देखियो।

७८औं मिनेटमा डिफेन्डर क्लेमेन्ट लेन्ग्लेटले दोस्रो पहेंलो कार्ड खाँदै रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा सीमित भयो। संख्यात्मक लाभको भरपुर उपयोग गर्दै पीएसजीले खेलको ८७औं मिनेटमा सेनी मायुलुमार्फत तेस्रो गोल थप्यो। अन्तिम समयमा ली काङ-इनले पेनाल्टीमा गोल गर्दै ४–० को फराकिलो जित सुनिश्चित गरे।

खेलभरि बलमा पकड जमाउँदै पीएसजीले १६ प्रयासमध्ये ११ शट फ्रेममा पठायो, भने एट्लेटिको मड्रिडले एक मात्र शट फ्रेममा पठाएको थियो। रातिको अर्को खेलमा ब्राजिलियन क्लब पालमेइरास र पोर्चुगिज क्लब पोर्टोबीचको प्रतिस्पर्धा भने गोलरहित बराबरीमा टुंगिएको छ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ७ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले