४ चैत्र २०८२, बुधबार । March 18, 2026

इजराइली हमलामा इरानका सैन्य प्रमुखको मृत्यु, प्रतिकारको तयारीमा इरान


३१ जेष्ठ २०८२, शुक्रबार  

54
Shares

एजेन्सी । इजराइलले इरानमाथि गरेको हवाई आक्रमणमा इरानका उच्च सैन्य अधिकारीहरू मारिएका छन् भन्ने खबरले अन्तर्राष्ट्रिय स्तरमै सनसनी फैलिएको छ।

इरानी सरकारी टेलिभिजनका अनुसार, इजराइली आक्रमणमा इरानको नियमित सेनाका प्रमुख मेजर जनरल मोहम्मद बघेरीको ज्यान गएको हो। बघेरी आणविक र हतियार उत्पादन केन्द्रहरूमा लक्षित आक्रमणमा मारिएको बताइएको छ। यद्यपि यो समाचारको स्वतन्त्र पुष्टि भने हालसम्म हुन सकेको छैन।

यसअघि, इरानको शक्तिशाली सुरक्षायुक्त संस्था इस्लामिक रिभोलुसनरी गार्ड्स (IRGC) का प्रमुख मेजर जनरल हुसेन सलामी पनि इजराइली आक्रमणमा परेर मृत्यु भएका थिए। आइआरजिसीले एक विज्ञप्ति जारी गर्दै सलामीको मृत्यु पुष्टि गरेको छ। “मेजर जनरल सलामी इस्लामिक क्रान्तिका उत्कृष्ट कमाण्डरमध्ये एक थिए। उनी वैज्ञानिक, सांस्कृतिक, सुरक्षा र सैन्य मोर्चाहरूमा अग्रसर थिए,” आइआरजिसीको वक्तव्यमा उल्लेख छ।

इजराइली आक्रमणपछि इरानका सर्वोच्च नेता आयतोल्लाह अल खामेनीले तीव्र प्रतिक्रिया जनाउँदै भनेका छन्, “यो अपराधको जवाफ कडा र कठोर हुनेछ। यहूदी शासनले आफूलाई गम्भीर नतिजाको लागि तयार गर्नुपर्छ।”

इजराइलमा राष्ट्रिय आपतकाल, नागरिकलाई घरमै बस्न निर्देशन

इरानबाट सम्भावित प्रतिकारको पूर्वानुमान गर्दै इजराइलले देशभर आपतकालको घोषणा गरेको छ। देशभरका विद्यालय बन्द गरिएका छन् भने अस्पतालहरूमा आकस्मिकबाहेक सबै सेवा रोक्न भनिएको छ। सरकारले नागरिकहरूलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ। सार्वजनिक स्थानमा भेला हुन पूर्ण प्रतिबन्ध लगाइएको छ भने सुरक्षा बलहरूलाई उच्च सतर्कतामा रहन निर्देशन दिइएको छ।

इजराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भनेका छन्, “इरानबाट हुने सम्भावित आणविक खतरा न्यूनीकरण गर्न आवश्यक कदम चालिएको हो। जबसम्म इरानी आणविक केन्द्रहरू पूर्णरूपमा ध्वस्त पारिँदैनन्, आक्रमण जारी रहनेछ।”

उनले थप खुलासा गरेका छन् कि आक्रमण अघि अमेरिकासँग समन्वय गरिएको थियो। अमेरिकी प्रशासनलाई जानकारी दिएपछि इजराइली सेनाले आणविक भट्टी, हतियार उत्पादन केन्द्र, वैज्ञानिकहरू र सैनिक नेताहरूलाई लक्षित गरी हवाई आक्रमण थालेको हो।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शुक्रबार  ११ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по