२९ पुस २०८२, मंगलबार । January 13, 2026

टी-२०आई सिरिजः विश्व च्याम्पियन वेस्ट इन्डिजसँग भिड्ने तयारीमा नेपाल



काठमाडौं । नेपाली क्रिकेट इतिहासमा एक नयाँ अध्याय थपिँदैछ।

नेपालले पहिलोपटक दुईपटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजसँग अन्तर्राष्ट्रिय टी–२० सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमार्फत आगामी सेप्टेम्बरमा यूएईको शारजाहमा तीन खेलको टी–२० श्रृंखला आयोजना हुने जानकारी दिएको हो।

यो ऐतिहासिक सिरिज २०२५ सेप्टेम्बर २७, २८ र ३० तारिखमा सम्पन्न हुने तय भएको छ। क्यानको वार्षिक कार्यतालिकाअनुसार टेस्ट राष्ट्रसँग टी–२० अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने योजनाअन्तर्गत यो प्रतिस्पर्धा तय गरिएको हो। क्यानले यस अवसरलाई नेपाल क्रिकेटको लागि ऐतिहासिक मात्र नभई, आगामी टी–२० विश्वकप एसिया छनोटको तयारीका हिसाबले पनि निकै महत्वपूर्ण बताएको छ।

एसिया छनोट अक्टोबरमा ओमानमा हुने कार्यक्रम रहेको छ, जसमा नेपाल सहभागी हुने तयारीमा छ। यस ऐतिहासिक सिरिजलाई सफल बनाउन वेस्ट इन्डिज क्रिकेट बोर्ड र एमिरेट्स क्रिकेट बोर्डसँगको सहकार्यप्रति क्यानले आभार व्यक्त गरेको छ।

गौरतलब छ, वेस्ट इन्डिजको ‘ए’ टोली अघिल्लो वर्ष नेपालमै आएर टी–२० श्रृंखला खेलेको थियो। तर यो पटकको भिडन्त पूर्ण अन्तर्राष्ट्रिय स्तरको हुनेछ।

खेल तालिका:

  • पहिलो खेल: २७ सेप्टेम्बर २०२५
  • दोस्रो खेल: २८ सेप्टेम्बर २०२५
  • तेस्रो खेल: ३० सेप्टेम्बर २०२५

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शुक्रबार  ९ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले