२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

इरानको आणविक केन्द्रमा इजरायलको आक्रमण, उच्चपदस्थ सैन्य अधिकारी र वैज्ञानिकको मृत्यु



तेहरान । इजरायलले इरानका प्रमुख आणविक केन्द्रहरू र ठूला शहरहरूमा लक्षित हवाई आक्रमण गरेको दाबी गरेको छ।

इजरायली रक्षा मन्त्री एरिक काजका अनुसार, देशमा आपतकालीन अवस्था घोषणा गर्दै इजरायली एयर फोर्सले तेहरानसहित विभिन्न स्थानमा व्यापक आक्रमण प्रारम्भ गरेको जानकारी दिएका हुन । आक्रमण अन्तर्गत ‘अपरेशन राइजिङ लायन’ नाम दिइएको यो सैन्य कारबाहीको पहिलो चरण सफलतापूर्वक सम्पन्न भएको रक्षा मन्त्री काजले बताएका छन्।

आक्रमणमा इरानको शक्तिशाली सैन्य इकाई रिभोल्युसनरी गार्ड कोरका प्रमुख हुसेन सालामीसहित, केही वरिष्ठ सैन्य कमाण्डर र दुईजना प्रमुख आणविक वैज्ञानिकहरू — मोहम्मद महदी तेहरानची र फेरेयोदुन अब्बासी — मारिएको बताइएको छ। यस घटनालाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले “निर्णायक क्षण” को संज्ञा दिएका छन्।

अर्कोतर्फ, अमेरिकी विदेश मन्त्री मार्क रुबियोले आक्रमणमा अमेरिका प्रत्यक्ष संलग्न नरहेको स्पष्ट पारेका छन्, बीबीसीको हवाला दिँदै समाचारमा जनाइएको छ। क्षेत्रीय तनावको नयाँ चरण प्रारम्भ गराउने यो कारबाहीले अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट गरिरहेको छ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शुक्रबार  ९ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको