२९ पुस २०८२, मंगलबार । January 13, 2026

शुक्रबारको मौसमः कहाँ-कहाँ छ बर्षाको सम्भावना ?



काठमाडौं । हाल देशको पश्चिमी तथा मध्य भू-भागमा पश्चिमी वायु र स्थानीय वायु सक्रिय छन् भने कोशी प्रदेशका अधिकांश स्थानमा मनसुनी वायुको प्रभाव देखिएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिक बदली देखिनेछ। अन्य क्षेत्रहरूमा मौसम प्रायः सफा रहने अनुमान गरिएको छ।

दिउँसो कोशी र लुम्बिनी प्रदेशसँगै देशका पहाडी भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। त्यस्तै, कोशी प्रदेश र आसपासका पहाडी क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै, देशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको संकेत छ।

रातिको समयभरि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र उच्च भू-भागमा हिमपातको सम्भावना कायम रहनेछ।

महाशाखाले सम्भावित मौसम अवस्थाका कारण दैनिक जनजीवन, कृषि कार्य, स्वास्थ्य सेवा, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेको छ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शुक्रबार  ७ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले