२९ पुस २०८२, मंगलबार । January 13, 2026

अहमदाबाद विमान दुर्घटना: बेलायती नागरिक विश्वास कुमार रमेशको जीवितै उद्धार



एजेन्सी । अहमदाबादमा भएको बोइङ ७८७–८ ड्रीमलाइनर विमान दुर्घटनामा एक जना बेलायती नागरिक जीवित रहेको पुष्टि भएको छ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार, अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले उक्त विमानको सिट नम्बर ११ ए मा यात्रा गरिरहेका युवक जीवितै भेटिएको जानकारी दिएका हुन्। प्रहरी आयुक्त मलिकले भनेका छन्, “उनी हाल अस्पतालमा उपचाररत छन् र अवस्था स्थिर रहेको छ।”

यसअघि सार्वजनिक भएको यात्रु सूचीअनुसार सिट ११ ए मा बसेका यात्रुको नाम विश्वास कुमार रमेश रहेको जनाइएको थियो। उनी बेलायती नागरिक भएको समेत त्यस सूचिमा उल्लेख छ।

विश्वास कुमारको बयान:
भारतीय सञ्चार संस्थाका अनुसार विश्वास कुमारले दुर्घटनापछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा आफ्नो बोर्डिङ पास देखाएका थिए, जसमा स्पष्ट रूपमा सिट नम्बर ११ ए र उनको नाम उल्लेख गरिएको थियो। उनले भनेका छन्, “उडान सुरु भएको झण्डै ३० सेकेन्डमै ठूलो आवाज आयो, अनि विमान जमिनमा खस्न थाल्यो। सबै कुरा अत्यन्त छिटो भयो, केही सोच्नसमेत पाइएन।”

उनको जीवित उद्धार हुनु चमत्कारसरह मानिएको छ। हाल उनको उपचार भइरहेको छ भने दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको बताइएको छ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, बिहिबार  ९ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले