२८ पुस २०८२, सोमबार । January 13, 2026

एयर इण्डिया दुर्घटनाः हालसम्म १ सय जनाको शव निकालियो



काठमाडौं । अहमदाबादबाट लण्डनको गेटविकतर्फ उडेको एयर इन्डियाको बोइङ–७८७ ड्रीमलाइनर विमान उडान भरेको दुई मिनेटमै दुर्घटनाग्रस्त हुँदा भीषण मानवीय क्षति भएको छ।

प्रारम्भिक रिपोर्ट अनुसार हालसम्म दुर्घटनास्थलबाट करिब १०० जनाको शव उद्धार गरिएको छ। विमानमा १० चालक दलसहित २४२ जना सवार थिए। एयर इन्डियाका अनुसार तीमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगिज र १ जना क्यानाडाली नागरिक थिए। विमानमा भारतका पूर्वमुख्यमन्त्री विजयी रुपाणी पनि सवार रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विमान दुर्घटनापछि ठुलो आगलागी भएको थियो, जसले गर्दा सम्पूर्ण जहाज खरानीमा परिणत भएको छ। अत्यधिक जलेका शवहरू पहिचान गर्न कठिन भइरहेको उद्धारकर्मीहरूले बताएका छन्।

दुर्घटनास्थलमा अहिले पनि उद्धार तथा राहत कार्य जारी छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र उड्यनमन्त्री राममोहन नायडू दिल्लीबाट अहमदाबादतर्फ प्रस्थान गरिसकेका छन्।

विमान दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। विस्तृत अनुसन्धान सुरु गरिएको जनाइएको छ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, बिहिबार  ४ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले