२८ चैत्र २०८२, शनिबार । April 11, 2026

१५औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड सुरु: राष्ट्रपतिबाट भव्य उद्घाटन


३० जेष्ठ २०८२, बिहिबार  

9
Shares

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १५औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारदेखि सुरु भएको छ।

राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित भव्य समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले प्रतियोगिताको औपचारिक उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा राष्ट्रपति पौडेलले ओलम्पियन जुडो खेलाडी देवु थापालाई ओलम्पिक टर्च हस्तान्तरण गरे। त्यसपछि देवुसँगै ओलम्पियन कमलबहादुर अधिकारी (भारोत्तोलन), सरस्वती चौधरी (एथलेटिक्स) र भरतसिंह महता (पारा तेक्वान्दो) ले पालैपालो टर्च ट्रयाकमा परिक्रमा गराए।

राष्ट्रपतिले खेलकुदमार्फत अनुशासित र जिम्मेवार नागरिक निर्माणमा सहयोग पुग्ने धारणा राख्दै विद्यालय तहबाट खेलाडी पहिचान र प्रोत्साहन अत्यन्तै महत्वपूर्ण भएको बताए। साथै, साहसिक खेलकुदका लागि नेपाल विश्वकै एक प्रमुख गन्तव्य भएको उल्लेख गर्दै उनले राज्यले यस क्षेत्रमा थप लगानी गर्नुपर्ने आवश्यकता औंल्याए।

समारोहमा सातै प्रदेशका टिम, निर्णायक, कलाकारहरू तथा सांस्कृतिक भेषभूषामा सजिएका सहभागीहरूद्वारा मार्च पास प्रदर्शन गरिएको थियो। उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशकी कबड्डी खेलाडी श्रृष्टि केसीले खेलाडीहरूको तर्फबाट र कराते खेलाडी प्रकाशमोहन धौबडेलले निर्णायकहरूको तर्फबाट सपथ लिए।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रपतिको नाममा सञ्चालित प्रतियोगिता विद्यालय तहबाट खेलाडी विकास गर्न महत्त्वपूर्ण माध्यम भएको उल्लेख गरे। साथै, भविष्यमा प्रतियोगितालाई अझ परिस्कृत र व्यापक बनाउन योजना रहेको जानकारी दिए।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले गणतन्त्र नेपालको स्थापनापछि ७५३ स्थानीय तहबाट खेलाडी छनोट गरी राष्ट्रपतिको नाममा यो प्रतियोगिता आरम्भ गरिएको स्मरण गरे। उनले विभिन्न चुनौतीका बाबजुद सातै प्रदेशका टिम सहभागी गराउन योगदान दिने सबैलाई धन्यवाद प्रकट गरे। सदस्य–सचिव घिसिङको कार्यकालमा यो चौथोपटक प्रतियोगिता सञ्चालन भएको हो।

प्रतियोगितामा सातै प्रदेशका ६८६ खेलाडीले ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्दैछन्। एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी जम्मा ६ खेल समावेश गरिएको प्रतियोगिता आगामी शुक्रबारसम्म सञ्चालन हुनेछ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, बिहिबार  ६ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व