२ कार्तिक २०८३, सोमबार । October 19, 2026

१५औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड सुरु: राष्ट्रपतिबाट भव्य उद्घाटन


२९ जेष्ठ २०८२, बिहिबार  

9
Shares

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १५औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारदेखि सुरु भएको छ।

राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित भव्य समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले प्रतियोगिताको औपचारिक उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा राष्ट्रपति पौडेलले ओलम्पियन जुडो खेलाडी देवु थापालाई ओलम्पिक टर्च हस्तान्तरण गरे। त्यसपछि देवुसँगै ओलम्पियन कमलबहादुर अधिकारी (भारोत्तोलन), सरस्वती चौधरी (एथलेटिक्स) र भरतसिंह महता (पारा तेक्वान्दो) ले पालैपालो टर्च ट्रयाकमा परिक्रमा गराए।

राष्ट्रपतिले खेलकुदमार्फत अनुशासित र जिम्मेवार नागरिक निर्माणमा सहयोग पुग्ने धारणा राख्दै विद्यालय तहबाट खेलाडी पहिचान र प्रोत्साहन अत्यन्तै महत्वपूर्ण भएको बताए। साथै, साहसिक खेलकुदका लागि नेपाल विश्वकै एक प्रमुख गन्तव्य भएको उल्लेख गर्दै उनले राज्यले यस क्षेत्रमा थप लगानी गर्नुपर्ने आवश्यकता औंल्याए।

समारोहमा सातै प्रदेशका टिम, निर्णायक, कलाकारहरू तथा सांस्कृतिक भेषभूषामा सजिएका सहभागीहरूद्वारा मार्च पास प्रदर्शन गरिएको थियो। उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशकी कबड्डी खेलाडी श्रृष्टि केसीले खेलाडीहरूको तर्फबाट र कराते खेलाडी प्रकाशमोहन धौबडेलले निर्णायकहरूको तर्फबाट सपथ लिए।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रपतिको नाममा सञ्चालित प्रतियोगिता विद्यालय तहबाट खेलाडी विकास गर्न महत्त्वपूर्ण माध्यम भएको उल्लेख गरे। साथै, भविष्यमा प्रतियोगितालाई अझ परिस्कृत र व्यापक बनाउन योजना रहेको जानकारी दिए।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले गणतन्त्र नेपालको स्थापनापछि ७५३ स्थानीय तहबाट खेलाडी छनोट गरी राष्ट्रपतिको नाममा यो प्रतियोगिता आरम्भ गरिएको स्मरण गरे। उनले विभिन्न चुनौतीका बाबजुद सातै प्रदेशका टिम सहभागी गराउन योगदान दिने सबैलाई धन्यवाद प्रकट गरे। सदस्य–सचिव घिसिङको कार्यकालमा यो चौथोपटक प्रतियोगिता सञ्चालन भएको हो।

प्रतियोगितामा सातै प्रदेशका ६८६ खेलाडीले ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्दैछन्। एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी जम्मा ६ खेल समावेश गरिएको प्रतियोगिता आगामी शुक्रबारसम्म सञ्चालन हुनेछ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ६ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि