४ असार २०८३, बिहिबार । June 18, 2026

देशका विभिन्न भागमा बर्षा, तापक्रम केही घट्यो


२९ जेष्ठ २०८२, बिहिबार  

126
Shares

काठमाडौं । हालको मौसम प्रणालीमा आएको परिवर्तनसँगै देशका विभिन्न स्थानहरूमा परेको वर्षाका कारण क्रमशः तापक्रम घट्न थालेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी पूर्वी नेपालमा पछिल्ला दुई दिनदेखि लगातार वर्षा भइरहेकाले त्यहाँको तापक्रममा उल्लेखनीय गिरावट आएको हो। महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार पूर्वी नेपालमा तापक्रम घटिसकेको छ भने पश्चिमी भेगहरूमा अझै केही गर्मी महसुस भए पनि तापक्रम क्रमशः घट्ने क्रममा रहेको छ।

उनका अनुसार सामान्यतया पश्चिमी क्षेत्रहरू पूर्वको तुलनामा बढी तातो रहने प्रवृत्ति देखिन्छ। पछिल्ला केही घण्टामा काठमाडौं उपत्यका, झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ, खोटाङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, काभ्रे, नुवाकोट, गोरखा र मकवानपुरलगायत स्थानहरूमा वर्षा भएको छ।

मौसमविद् लामिछानेले यो वर्षा बिहीबार र शुक्रबार पनि जारी रहने भएकाले यी दिनहरूमा तापक्रममा अझ गिरावट आउने बताएका छन्। यद्यपि देशभर एकैपटक र समान रूपमा वर्षा गराउने कुनै सक्रिय प्रणाली छैन। त्यसैले बिहान–बेलुका केही चिसो लागे पनि दिउँसोको समयमा गर्मी महसुस हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

बुधबार साँझ महाशाखाले जारी गरेको सूचनामा कोशी र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र केही स्थानहरूमा भारी वर्षा मापन गरिएको जनाइएको छ। यो प्रणाली दक्षिण–पश्चिमतर्फ सर्दै गइरहेको हुँदा आसपासका क्षेत्रमा पनि चट्याङसहितको वर्षाको सम्भावना रहेको छ। गण्डकी र सुदूरपश्चिमका केही भागमा पनि हल्का वर्षा भएको र अन्य स्थानमा बदली बढ्दै जाने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

मनसुनको अवस्था:
मौसमी विश्लेषण अनुसार मनसुन अहिले पनि जेठ १५ गतेकै अवस्थामा छ र कोशी प्रदेशमै सीमित रहेको छ। मौसमविद् लामिछानेले मनसुन फैलिनका लागि अनुकूल वातावरण बन्ने संकेत देखिएको र सबै मापदण्ड पूरा भएपछि विभागले बुलेटिनमार्फत सार्वजनिक जानकारी दिने बताए।

यस वर्ष मनसुनको औपचारिक आगमन मिति जुन १३ (जेठ ३१) हो। तर, यसअघि नै पूर्वी नेपालमा मनसुनको प्रभाव देखिएको थियो, जसपछि त्यो प्रणाली पुनः पूर्वी एसियातर्फ फर्किएको थियो।

यथार्थमा, देशमा वर्षा सुरु भए पनि पूर्णरूपमा सक्रिय मनसुन प्रणाली स्थिर भइसकेको छैन। केही दिनभित्र त्यसको स्पष्ट स्थिति आउनसक्ने मौसमविद्को भनाइ छ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ५ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा