७ चैत्र २०८२, शनिबार । March 21, 2026

दक्षिण अफ्रिकामा भिषण बाढी, स्कुल बस बग्यो, ४९ जनाको मृत्यु


३० जेष्ठ २०८२, बिहिबार  

78
Shares

काठमाडौं । दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रस्थित केप प्रान्तमा हालैको मुसलधारे वर्षा र बाढीका कारण ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ।

स्थानीय अधिकारीहरूका अनुसार अविरल वर्षापछि आएको बाढीले जनजीवन प्रभावित बनाएको छ। केप प्रान्तका केही उच्च भू–भागमा भारी हिमपात पनि भएको जनाइएको छ, जसले राहत तथा उद्धार कार्यमा थप कठिनाइ पैदा गरिरहेको छ।

मंगलबार बिहान बाढीको छालले एक स्कूल बस बगाएको घटनाले थप चिन्ता उत्पन्न गराएको छ। ती बसमा धेरै बालबालिका सवार थिए। न्युजरुम अफ्रिकासँग कुरा गर्दै एक अधिकारीले बसका चालकसहित आठ जनाको शव फेला परेको जानकारी दिएका छन्। त्यही दिन अन्य तीन विद्यार्थीको उद्धार गरिएको बताइएको छ।

यद्यपि बसमा कति विद्यार्थी सवार थिए भन्ने अझै स्पष्ट हुन सकेको छैन। हराइरहेका अन्य यात्रुको खोजी कार्य जारी रहेको बीबीसीले जनाएको छ। वर्षा र बाढीका कारण सयौं स्थानीय बासिन्दा विस्थापित भएका छन्। उनीहरूलाई अस्थायी आश्रयस्थलमा राखिएको छ। राहत तथा उद्धारका कामहरू तीव्र पारिएको बताइएको छ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, बिहिबार  ५ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो