२९ पुस २०८२, मंगलबार । January 13, 2026

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो



काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १३.९६ अंकले घटेर २६६४.४७ विन्दुमा झरेको छ। बजार खुलेदेखि नै कमजोर देखिएको सेयर कारोबार दिनभर दबावमा रह्यो। आज ३०७ कम्पनीका २ करोड २० लाख ७५ हजार ७६९ कित्ता सेयर ८१ हजार ७०३ पटक कारोबार भए। कुल कारोबार रकम ९ अर्ब ९० करोड ७० लाख ५ हजार ५७५ रुपैयाँ रहेको छ।

आजको बजार गतिविधिमा ७७ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा १७० कम्पनीको मूल्य घटेको छ। एक कम्पनीको सेयर मूल्य स्थिर रह्यो। यस दिन लगानीकर्ताको ध्यान मुख्यतः राधी विद्युत् कम्पनीमा केन्द्रित देखियो। कम्पनीको सेयरमा उल्लेखनीय किनबेच भएको हो, जसले बजारको समग्र गिरावटबीच पनि राधी विद्युत्‌लाई अग्रस्थानमा पुर्‍यायो।

बजार विश्लेषकहरूका अनुसार विभिन्न कम्पनीका आर्थिक नतिजा, नाफा वितरणको अपेक्षा र मौद्रिक नीतिप्रतिको अनिश्चितता हालको बजार चापको मुख्य कारण बन्न पुगेका छन्।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बुधबार  ३ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले