८ चैत्र २०८२, आइतबार । March 22, 2026

साउदीमाथि जित निकाल्दै अस्ट्रेलिया छैटौं पटक फिफा विश्वकपमा छनोट


२९ जेष्ठ २०८२, बुधबार  

276
Shares

काठमाडौं । अस्ट्रेलियाले फिफा विश्वकप २०२६ का लागि आफ्नो स्थान पक्का गरेको छ।

बुधबार सम्पन्न एसियाली छनोट तेस्रो चरणअन्तर्गत साउदी अरेबियामाथि २–१ को पुनरागमन जित दर्ता गर्दै अस्ट्रेलियाले लगातार छैटौं पटक विश्वकपमा स्थान सुरक्षित गरेको हो। खेलको सुरुआतमा साउदी अरेबियाले १९औं मिनेटमा अब्दुल रहमान अलबदको गोलमार्फत अग्रता लिएको थियो। तर अस्ट्रेलियाले त्यसपछि उत्कृष्ट प्रतिक्रिया दिँदै खेललाई आफ्नो पक्षमा फर्कायो।

कोनर मेटक्याल्फले ४२औं मिनेटमा बराबरी गोल गरे भने मिचेल डुकले दोस्रो हाफको सुरुमै ४८औं मिनेटमा निर्णायक गोल गर्दै जित सुनिश्चित गरे। यसअघि समूह सी बाट जापानले विश्वकपका लागि छनोट भइसकेको थियो। अब अस्ट्रेलियाले पनि स्थान सुरक्षित गरेसँगै साउदी अरेबियाको यात्रा भने अहिल्यै सकिएको छैन।

उनीहरूले एसियाली छनोटको चौथो चरणमा प्रतिस्पर्धा गर्दै बाँकी दुई स्थानका लागि सम्भावना कायम राख्नुपर्नेछ। एसियाली छनोटको संरचना अनुसार तेस्रो चरणमा रहेका तीन समूहका शीर्ष दुई टोलीले सिधै विश्वकप २०२६ मा स्थान पाउँछन्। चौथो चरणबाट दुई टोली थप छनोट हुनेछन् भने पाँचौं चरणको विजेता टोलीले अन्तरमहादेशीय प्लेअफमार्फत अन्तिम अवसर पाउनेछ।

जापान र अस्ट्रेलियासँगै एसियाबाट जोर्डन, उज्बेकिस्तान, इरान र दक्षिण कोरिया पनि विश्वकप २०२६ मा छनोट भइसकेका छन्। अब बाँकी स्थानहरूका लागि अन्तिम लडाइँ चर्किदै गएको छ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बुधबार  ९ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो