३० चैत्र २०८२, सोमबार । April 13, 2026

ब्राजिल र इक्वेडर फिफा विश्वकप २०२६ मा छनोट


२९ जेष्ठ २०८२, बुधबार  

183
Shares

काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ का लागि आफ्नो स्थान सुरक्षित गरेको छ।

बुधबार राति घरेलु मैदान साओ पाउलोमा सम्पन्न खेलमा पाराग्वेमाथि १–० को जित निकाल्दै ब्राजिलले विश्वकपमा प्रवेश गरेको हो। खेलको ४४औं मिनेटमा रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियरले माथिस कुन्हाको पासमा निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाए। यही गोल ब्राजिलको जितमा निर्णायक बन्यो। यो जित ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीको नेतृत्वमा आएको पहिलो आधिकारिक सफलता पनि हो।

१६ खेलमा २५ अंक बटुलेको ब्राजिल अहिले दक्षिण अमेरिकी छनोटको तेस्रो स्थानमा छ। शीर्ष ६ मा पर्ने टोलीहरू सिधै विश्वकपमा प्रवेश पाउने हुँदा ब्राजिलले सो स्थान पक्का गरेको हो। योसँगै ब्राजिल विश्वकपको प्रत्येक संस्करणमा छनोट हुने एकमात्र राष्ट्रका रूपमा आफ्नो निरन्तरता कायम राख्न सफल भएको छ।

यसैबीच, इक्वेडरले पनि विश्वकप २०२६ का लागि आफ्नो स्थान सुरक्षित गरेको छ। बुधबार पेरुसँग गोलरहित बराबरी खेलेपछि इक्वेडरले १६ खेलबाट ब्राजिलसँग समान २५ अंक जोड्दै विश्वकप यात्रा सुनिश्चित गरेको हो।

यसअघि नै अर्जेन्टिनाले दक्षिण अमेरिकी क्षेत्रबाट विश्वकप २०२६ मा स्थान सुरक्षित गरिसकेको थियो। अब बाँकी स्थानका लागि प्रतिस्पर्धा अझ चर्किँदै जाने देखिएको छ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बुधबार  ९ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व