२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

ब्राजिल र इक्वेडर फिफा विश्वकप २०२६ मा छनोट



काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ का लागि आफ्नो स्थान सुरक्षित गरेको छ।

बुधबार राति घरेलु मैदान साओ पाउलोमा सम्पन्न खेलमा पाराग्वेमाथि १–० को जित निकाल्दै ब्राजिलले विश्वकपमा प्रवेश गरेको हो। खेलको ४४औं मिनेटमा रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियरले माथिस कुन्हाको पासमा निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाए। यही गोल ब्राजिलको जितमा निर्णायक बन्यो। यो जित ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीको नेतृत्वमा आएको पहिलो आधिकारिक सफलता पनि हो।

१६ खेलमा २५ अंक बटुलेको ब्राजिल अहिले दक्षिण अमेरिकी छनोटको तेस्रो स्थानमा छ। शीर्ष ६ मा पर्ने टोलीहरू सिधै विश्वकपमा प्रवेश पाउने हुँदा ब्राजिलले सो स्थान पक्का गरेको हो। योसँगै ब्राजिल विश्वकपको प्रत्येक संस्करणमा छनोट हुने एकमात्र राष्ट्रका रूपमा आफ्नो निरन्तरता कायम राख्न सफल भएको छ।

यसैबीच, इक्वेडरले पनि विश्वकप २०२६ का लागि आफ्नो स्थान सुरक्षित गरेको छ। बुधबार पेरुसँग गोलरहित बराबरी खेलेपछि इक्वेडरले १६ खेलबाट ब्राजिलसँग समान २५ अंक जोड्दै विश्वकप यात्रा सुनिश्चित गरेको हो।

यसअघि नै अर्जेन्टिनाले दक्षिण अमेरिकी क्षेत्रबाट विश्वकप २०२६ मा स्थान सुरक्षित गरिसकेको थियो। अब बाँकी स्थानका लागि प्रतिस्पर्धा अझ चर्किँदै जाने देखिएको छ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बुधबार  ९ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको