६ चैत्र २०८२, शुक्रबार । March 20, 2026

विश्वकप लिग २ः नेदरल्यान्ड्समाथि नेपालको सनसनीपूर्ण जित


२९ जेष्ठ २०८२, बुधबार  

75
Shares

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डको डन्डीमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले तेस्रो जित हात पारेको छ।

मंगलबार सम्पन्न अन्तिम तथा चौथो खेलमा नेपालले नेदरल्यान्ड्समाथि १६ रनको रोमाञ्चक जित निकाल्दै सिरिज सुखद रूपमा टुंग्याएको हो। नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९.२ ओभरमा २२० रनमै समेटियो। ब्याटिङ सुरु गर्नु अगाडि नै नेपाललाई दिइएको १० रनको पेनाल्टीका कारण नेदरल्यान्ड्सले सुरुवातमै १० रन पाएको थियो। उनीहरूका लागि वेस्ली वारेसीले सर्वाधिक ३६ रन बनाए।

नेपालको जितमा डेब्यू खेलाडी नन्दन यादवले चम्किलो प्रदर्शन गरे। तीव्र गतिका बलर नन्दनले ९ ओभरमा १ मेडन राख्दै ३९ रन खर्चिएर ३ विकेट लिए। यस्तै, स्पिनर सन्दीप लामिछानेले पनि १० ओभरमा ३९ रन दिँदै महत्वपूर्ण ३ विकेट लिए। ललित राजवंशीले १० ओभरमा १ मेडनसहित २९ रन खर्चेर २ विकेट झारे भने कुशल भुर्तेल र करण केसीले समान १/१ विकेट लिए।

यसअघि टस जितेर पहिले फिल्डिङ रोजेको नेदरल्यान्ड्सविरुद्ध नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २३६ रनको प्रतिस्पर्धात्मक योगफल बनाएको थियो। नेपालका लागि आरिफ शेखले ८५ बलमा ७ चौका र २ छक्कासहित उत्कृष्ट ८४ रन बनाए।

ओपनर कुशल भुर्तेलले १८ रन बनाए भने सिरिजमा पहिलो मौका पाएका अनिल साह २ रनमा आउट भए। तीव्र दबाबमा परेका अनिलले १६ बल खेलेका थिए। त्यसपछि भीम सार्की र कप्तान रोहित पौडेलले तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गर्दै पारीलाई सम्हाल्ने प्रयास गरे। भीमले ३८ बलमा ३ चौका प्रहार गर्दै ३५ रन बनाए भने रोहितले ६० बलमा समान ३५ रन जोडे।

अलराउन्डर बसिर अहमदले ११ रन, करण केसीले पनि ११ रन बनाए। नन्दन यादवले नटआउट १० रन बनाए भने सन्दीप लामिछाने अन्तिम बलमा रनआउट हुँदै २ रनमा आउट भए। नेदरल्यान्ड्सका बलरहरूमा पल भानले ४ विकेट लिँदै प्रभावशाली प्रदर्शन गरे। माइकल लेभिटले ३ विकेट लिए भने आर्यन दत्तले १ विकेट झारे।

खेलमा नेपाललाई १० रन पेनाल्टी दिइएको थियो, जसको कारण थियो बसिर अहमदले निषेधित क्षेत्रबाट दौडिनु। यसअघि, नेपाल स्कटल्यान्डसँगको खेलमा मात्र २ रनले पराजित भएको थियो।

यस जितसँगै नेपालले त्रिकोणात्मक सिरिजमा सम्मानजनक प्रदर्शन गर्दै समग्र लिगका लागि मनोबल बढाएको छ। नन्दन यादवको डेब्यू प्रदर्शनले विशेष चर्चा पाउँदै छ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बुधबार  ७ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा