२८ फाल्गुन २०८२, बिहिबार । March 12, 2026

एएफसी एसियन कप छनोट: लाओसविरुद्ध नेपालको पहिलो हार


२८ जेष्ठ २०८२, मंगलबार  

42
Shares

काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गतको खेलमा नेपालले लाओससँग २-१ को हार बेहोरेको छ, जससँगै लाओसले नेपालको विरुद्ध पहिलो जित दर्ता गर्न सफल भएको छ।

खेलको पहिलो हाफको १३औं मिनेटमा दामोथ थोङ्खामसाभाथले हेडमार्फत गोल गर्दै लाओसलाई अग्रता दिलाए। त्यसपछि दोस्रो हाफ सुरु भएको केही समयमै, ४९औं मिनेटमा पिटर पान्थावोङको डिबक्स बाहिरबाट गरेको प्रहार नेपाली गोलकिपर किरण चेम्जोङ रोक्न असफल रहे, जसले लाओसको अग्रता दोब्बर बनायो।

नेपालका लागि आशा देखिएको थियो जब ७३औं मिनेटमा मनिष डाँगीले पेनाल्टीमार्फत गोल गर्दै खेलमा फर्किने संकेत दिए। तर त्यसपछि कुनै टोलीले थप गोल गर्न सकेनन्, जसका कारण नेपालले लाओससँगको ऐतिहासिक अपराजित यात्रामा पूर्णविराम लाग्यो।

यस खेलअघि नेपाल र लाओसबीच भएको ६ खेलमध्ये नेपालले ४ जितेको र २ बराबरीमा टुंगिएको थियो। तर आजको हारले नेपालको आत्मविश्वासमा गहिरो चोट पुर्‍याएको छ।

समूह एफमा रहेका दुवै टोलीले यसअघिको खेलमा पनि हार व्यहोरेका थिए, जसले आगामी चरणमा स्थान बनाउन थप चुनौतीपूर्ण बनाएको छ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, मंगलबार  ८ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по