९ श्रावण २०८३, शनिबार । July 25, 2026

सोमपाल र गुल्सनको चोटले नेपाललाई धक्का, नेदरल्यान्ड्सविरुद्धको खेल गुमाउने


२७ जेष्ठ २०८२, मंगलबार  

45
Shares

काठमाडौं । स्कटल्यान्डमा जारी आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको चौथो शृंखलामा नेपालले दुःखद खबर सुन्नुपरेको छ।

अन्तिम खेलअघि टिमका दुई महत्वपूर्ण खेलाडी सोमपाल कामी र गुल्सन झा चोटग्रस्त भएका छन्। दाँया हातमा चोट लागेका सोमपाल र घुँडामा चोट बोकेका गुल्सनले अब नेदरल्यान्ड्ससँगको अन्तिम खेलमा मात्रै होइन, त्यसपछिको त्रिकोणात्मक सिरिजमा पनि सहभागी हुन नसक्ने नेपाली क्रिकेट बोर्डले जनाएको छ। हालसम्मको शृंखलामा नेपालले प्रभावशाली प्रदर्शन गरेको छ।

पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको थियो। यद्यपि, तेस्रो खेलमा नेपाल २ रनले स्कटल्यान्डसँग पराजित भएको थियो। सोमपाल र गुल्सनको अनुपस्थितिमा टिमको संयोजनमा असर पर्ने देखिएको छ।

अब नेपालको जितको यात्रा कसरी अगाडि बढ्छ भन्ने कुरामा समर्थकहरूको ध्यान केन्द्रित हुनेछ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  ३ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर